Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1729 - 1734 of 23771
फिल्मीखबर, काठमाडौं, 2024-12-26, बिहिवार

केही दिनअघि आर्टमाण्डू युट्युब च्यानलबाट फिल्म ‘ऊनको स्वीटर’मा समावेश ‘मखमली’ गीतको सानो अंश सार्वजनिक गरिएको थियो, जुन यतिबेला धेरै दर्शकको मुखमा झुण्डिएको छ । गीतको सानै अंशमा पनि सयौं टिकटक र रिल्स बनेका छन् । यसैबीच, यो गीतको पूरा अंश बिहीबार सार्वजनिक गरिएको छ । आठ मिनेट लम्बाईको गीतलाई मेलाको परिवेशमा तयार पारिएको छ ।

एजेन्सी, काठमाडौं, 2024-12-26, बिहिवार

यतिबेला भारतका हलमा साउथ फिल्म ‘पुष्पा २’को हालीमुहाली छ । प्रदर्शनको चौथो सातामा आइपुग्दा समेत फिल्मको व्यापार अझै थामिने छाँटकाँट देखिएको छैन । बलिउडको नाममा रहेको एकपछि अर्को रेकर्ड तोडिरहेको फिल्मले क्रिसमसको दिन पारेर बुधबारबाट प्रदर्शनमा आएको बलिउड अभिनेता वरुण धवनको फिल्म ‘बेबी जोन’लाई समेत हलमा टिक्न मुश्किल पारेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-12-26, बिहिवार

पछिल्लो समय अभिनेता दयाहाङ राईलाई ‘हिटको ग्यारेन्टी’ मान्ने गरिएको छ । उनका पछिल्ला फिल्मले बक्स अफिसमा हासिल गरेको सफलताले पनि यो तथ्य सत्य देखाउँछ । उनले अभिनय गरेका फिल्मको विदेशमा पनि राम्रो माग हुने गरेको छ । डिजिटल राइट्स पनि आकर्षक मूल्यमा बिक्री हुन्छ । यसैले त उनलाई लिएर फिल्म बनाउन निर्माताहरुबीच हानाथापको अवस्था छ ।

फिल्मीखबर, काठमाडौं, 2024-12-26, बिहिवार

वर्षेनि दशैं र तिहारपछि नेपाली नयाँ वर्षमा फिल्म रिलिजको ठूलो चाप देखिने गरेको छ । यो समयमा दर्शकहरु मनोरञ्जनका लागि हलमा ओइरिन्छ भन्ने विश्वासमा निर्माताहरुबीच नयाँ वर्षमा फिल्म रिलिज गर्न ठूलै प्रतिस्पर्धा चल्ने गरेको छ । यो सिलसिला यसपटक पनि रोकिएको छैन । आगामी नयाँ वर्षमा त्रिपक्षीय भिडन्त निश्चित भएको छ । त्यो पनि एउटै जनराका फिल्महरुबीच ।

फिल्मीखबर, काठमाडौं, 2024-12-25, बुधवार
फिल्मीखबर, काठमाडौं, 2024-12-25, बुधवार

चर्चित हास्य सिरियल ‘सक्किगोनि’को समूहले निर्माण गरेको पहिलो फिल्म ‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । कलाकारको बलियो ‘लाइनअप’ रहेको फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पनि रिलिज गरिने भएको छ । यसका लागि सेभेन सिज इन्टरनेसनलले फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार खरिद गरेको छ ।

Results : 1729 - 1734 of 23771
Most Visited News (monthly)