
फिल्मलाई व्यावसायिक सफलता दिलाउन गीतसंगीतको भूमिका महत्त्वपूर्ण हुने गरेको छ । गीतको लोकप्रियताको बलमा नेपाली फिल्मले सफलता हासिल गरेका कयैन् उदाहरण छन् । त्यसमध्ये एक हो, ‘ऊनको स्वीटर’ । गत बैशाख २६ गतेबाट प्रदर्शनमा आएको यो फिल्मका गीतहरु निकै चर्चित बने । त्यसको प्रभाव फिल्मको व्यापारमा पनि पर्यो । अन्ततः फिल्म नै सुपरहिट बन्यो ।

बलिउडको ‘कल्ट क्लासिक’ फिल्ममध्ये एक मानिन्छ, ‘शोले’ । सन् १९७५ मा रिलिज भएको यो फिल्मले बलिउडको दिशा नै बदलिदिएको थियो । व्यावसायिक सफलतामा समेत मानक बनाएको फिल्मले विश्वव्यापी ३५ करोडमाथि कमाइ गरेको थियो । जबकि, फिल्मको लागत ३ करोड थियो । अहिलेसम्म पनि यो फिल्मका निर्माताले विभिन्न माध्यमबाट राम्रो कमाइ गरिरहेका छन् ।

चर्चित भारतीय कलाकार प्रदीप रावत फेरि एकपटक नेपाली फिल्ममा देखिने भएका छन् । ‘गजनी’ भिलेनको रुपमा परिचित उनले चन्द्र पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘आ बाट आमा’मा अभिनय गर्न लागेका हुन् । पन्तकै निर्देशनमा बनेको ‘ह्रस्व दीर्घ’बाट उनले नेपाली फिल्ममा डेब्यु गरेका थिए । उनले चन्द्रको भोजपुरी फिल्म ‘माही’मा समेत काम गरेका छन् ।

बिहीबार नेपाली फिल्म क्षेत्रमा एउटा नौलो परिदृश्य देखियो । त्यो के भने फिल्म ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट र अभिनेता पल शाहबीच लिखित रुपमा भएको सम्झौता अन्त्यको घोषणा । सहमति पत्रमा अब एकअर्कालाई नोक्सानी हुने कार्य दुवै पक्षले नगर्ने भनिएको छ । सहकार्य तोड्दा निर्माता र कलाकारबीच लिखित सहमति भएको फिल्म क्षेत्रमा यो नै पहिलो पटक हो ।

अभिनेता पल शाहले फिल्म ‘यानीमाया’बाट निर्माताको परिचय थप्दैछन् । गत बैशाख १ गते उनले यो फिल्मको घोषणा गरेका थिए । विकास सुवेदीको निर्देशनमा बन्न लागेको फिल्ममा पलको अभिनय रहने वा नरहने भन्नेबारे भने कुनै जानकारी गराइएको थिएन । तर, बिहीबार उनले ‘महाराजधिराज’ छाडेपछि ‘यानीमाया’मा उनी निर्मातासँगै कलाकारको रुपमा पनि रहने खुलासा भएको छ ।

यतिबेला देशलाई नै टाउको दुखाई बनेको विषय हो, सहकारी ठगी । सहकारीको पैसा त्यसका सञ्चालक वा अन्य व्यक्तिले व्यक्तिगत स्वार्थमा प्रयोग गर्दा हजारौं बचतकर्ताको उठिबास लागेको छ । तर, राज्य यो समस्या समाधान गर्न गम्भीर देखिएको छैन । यसैले सहकारी ठगीको विषयमाथि फिल्म नै बनेको छ । त्यो हो, ‘महाभोज’ । शुक्रबारबाट यो फिल्म प्रदर्शनमा आएको छ ।

