Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1075 - 1080 of 23779
फिल्मीखबर, काठमाडौं, 2025-06-16, सोमवार

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक उक्त गीतमा बाबुल गिरी र शान्तिश्री परियारको स्वर, बाबुल स्वयंको संगीत तथा गोविन्द भट्टको शब्द रचना छ । प्रेमिल भावना अभिव्यक्त भएको गीतमा गायन, शब्द र संगीतको संयोजन उत्कृष्ट छ ।

फिल्मीखबर, काठमाडौं, 2025-06-16, सोमवार

नेपालका महंगो अभिनेतामध्ये एक हुन्, अनमोल केसी । फिल्म ‘फर्की फर्की’मा उनलाई ५० लाख पारिश्रमिक तिरेको प्रमाण निर्माताले नै सार्वजनिक गरेका थिए । एउटै फिल्ममा ५० लाख लिने उनी नै पहिलो नेपाली कलाकार हुन् । उनी जति महंगो पारिश्रमिक लिन्छन्, त्यतिकै महंगो बजेटमा बन्छन् उनका फिल्म पनि । उनका पछिल्ला हरेक फिल्मको लागत ३ करोडमाथि छ ।

फिल्मीखबर, काठमाडौं, 2025-06-15, आईतवार

वैदेशिक रोजगारीको कठोर यथार्थतामा आधारित रहेर बनेको फिल्म ‘रियाल रिङ्गेट’को मर्मस्पर्शी टिजर सार्वजनिक गरिएको छ । आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको २ मिनेटभन्दा लामो टिजरमा नेपाली युवाहरूको सपना, सङ्घर्ष, पारिवारिक विछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई देखाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-06-15, आईतवार

मिस पबीको रुपमा चिनिएकी पबित्रा साकी नयाँ फिल्म ‘किन लाग्छ माया’मा मुख्य भूमिकामा देखिने भएकी छन् । निर्माता कम्पनी एस एण्ड एस प्रोडक्सनले उनीसँग लिखित सम्झौता गर्दै आइतबार फिल्म निर्माणको घोषणा गरेको छ । 

फिल्मीखबर, काठमाडौं, 2025-06-15, आईतवार

‘कार्साङ’ जोडी दयाहाङ राई र सिर्जना निङलेखु एकपटक फेरि सँगै पर्दामा देखिने भएका छन् । नयाँ फिल्म ‘मिरमिरे’मा उनीहरुको जोडी बाँधिन लागेको हो । आइतबार निर्माण कम्पनी यार्सा फिल्म्सले सिर्जनालाई फिल्मको मुख्यमध्ये एक भूमिकामा अनुबन्धित गरेको जनाएको छ । दयाहाङ भने एक महिनाअघि नै अनुबन्ध भइसकेका छन् । 

Results : 1075 - 1080 of 23779
Most Visited News (monthly)