Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

टिपरको ठक्करबाट फिल्म सम्पादक गौतमको मृत्यु

फिल्मीखबर, काठमाडौं, 2020/09/12
 
दर्जनौं नेपाली फिल्मको दृश्य सम्पादन गरेका अनिल गौतमको दुर्घटनामा परी मृत्यु भएको छ । शुक्रवार साँझ कार्यालयबाट घर फर्किने क्रममा टिपरको ठक्करबाट उनको मृत्यु भएको हो । केही समययता प्राइम टेलिभिजनमा सम्पादकको रुपमा कार्यरत गौतम सवार बा २९ प १४७९ नम्बरको मोटरसाइकललाई प्रदेश ३ ०१ क ४५६३ को ट्रिपरले कोटेश्वरमा ठक्कर दिएको थियो । 
 
सम्पादक गौतमको घट्नास्थलमा निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि उनलाई बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएको थियो । उनलाई ठक्कर दिने टिपरका चालकलाई शुक्रवार साँझ नै प्रहरीले पक्राउ गरिसकेको छ । ५२ वर्षीय सम्पादक गौतम भक्तपुरको कौशलटारमा स-परिवार बस्दै आएका थिए । उनको स्थायी घर भने काठमाडौंको धुम्बाराही हो ।
 
अनिल गौतमले लामो समय चलचित्र विकास कम्पनी (एनएफडीसी) मा फिल्म सम्पादकको रुपमा काम गरेका थिए । योसँगै विभिन्न कम्पनीमा आबद्ध भएर पनि उनले फिल्मको दृश्य सम्पादन गरेका थिए । उनले पछिल्लो पटक सम्पादन गरेको फिल्म ‘टिन एज’ हो । उनको निधनप्रति फिल्मकर्मीहरुले दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
Most Visited News (monthly)