Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आकाश र सलोन एउटै फिल्ममा, ‘हिड्दा हिड्दै’ मुहुर्त

फिल्मीखबर, काठमाडौं, 2020/09/21
अभिनेताद्वय आकाश श्रेष्ठ र सलोन बस्नेतको अभिनय रहने फिल्म ‘हिड्दा हिड्दै’को मुहुर्त गरिएको छ । सोमवार मुहुर्त गरिएको फिल्ममा यि दुई अभिनेतासँग नव नायिका रेखा शाहले अभिनय गर्दैछिन् ।
 
 
कोरोना भाईरसले निम्त्याएको बिश्वव्यापि महामारीका बीच त्रिकोणात्मक प्रेमकथामा बन्ने यो फिल्मको मुहुर्त भएको हो । नारायण शुसिल पंगेनी इन्टरटेनमेन्टको प्रस्तुतीमा बन्न लागेको यो फिल्मका निर्देशक मिलन आले मगर हुन् । शुसिल पंगेनीले लेखेको फिल्मका निर्माताहरु दिल लामा, राज कुमार थिंग र पारस गुरुंग हुन् । सुमन तन्डुकारको छायांकन रहने फिल्ममा बसन्त सापकोटाको संगीत रहनेछ ।
Most Visited News (monthly)