Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आर्या’ को गीत रिलिज, तर प्रदर्शन अन्योल

फिल्मीखबर, काठमाण्डौ, 2020/11/18
 
गत वर्षको चैतबाट कोरोना संक्रमण रोकथामका लागि देश लकडाउन भयो । यसपछि ठप्प रहेको फिल्म क्षेत्र अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । भीडभाड हुने अन्य क्षेत्रले सञ्चालनको अनुमति पाइसक्दा पनि सरकार फिल्म क्षेत्र सुचारु गर्ने विषयमा गम्भीर नदेखिएको फिल्मकर्मीको गुनासो छ । दशैं र तिहारमा समेत ठप्प रहेको फिल्म क्षेत्र कहिले खुल्छ, टुंगो छैन । 
 
निर्माण सम्पन्न भएका दर्जनौं फिल्म सरकारले सिनेमा हल खोल्न अनुमति दिएपछि प्रदर्शन हुने तयारीमा छन् । तर, सिनेमा हल खुल्ने टुंगो नहुँदा लाखौंको लगानीमा बनेका कयौं फिल्मको रिलिज अन्योलमा परेको छ । कोरोनाको संक्रमण फैलिनबाट रोक्न सरकारले सिनेमा हल बन्द गरेपछि अभिनेत्री शिल्पा पोखरेल अभिनीत फिल्म ‘आर्या’ पनि प्रदर्शनमा आउन सकेको छैन । 
 
अब सिनेमा हल खुलेपछि फिल्म प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । यसबीच, फिल्मको पहिलो गीत ‘हाम्रो धर्ती’ सार्वजनिक गरिएको छ । लकडाउनको समयदेखि आन्तरिक पर्यटकहरुको पहिलो गन्तव्य बनेको मानुङ डाँडामा छायांकन गरिएको गीतमा अभिनेत्री शिल्पा पोखरेल फिचर छिन् । गीतमा मेलिना राइको स्वर, राम सिटौलाको संगीत र लक्ष्मण सिटौलाको शब्द छ ।
 
दिव्यराज सुवेदीको छायांकन र कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा नेपालको राष्ट्रिय झन्डालाई प्रयोग गरिएको छ । झन्डालाई नेपाल र नेपालीको आत्मसम्मान र गौरवको प्रतिक मान्नुपर्छ भन्ने सन्देश गीतले दिएको छ । उपेन्द्र तिमिल्सिना निर्देशित फिल्ममा अनुप विक्रम शाही, प्रकाश शाह, रवि गिरी, सुशिल पोखरेललगायतका कलाकारको अभिनय छ ।
 
गीत हेर्नुहोस् :-
 

Most Visited News (monthly)