मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 37 - 42 of 21228
फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख २०, बिहिवार

बलिउडका दुई ठूला ‘स्टार’ सलमान खान र शाहरुख खानसँग काम गरिसकेका भुटानी अभिनेता सांगे सेल्ट्रिम अब नेपाली फिल्ममा देखिने भएका छन् । उनले अभिनेता प्रदीप खड्कासँग फिल्म ‘ऐरी’मा काम गर्न लागेका हुन् । बुधबार फिल्मका निर्देशक जीवन थापाले उनीसँग कागजी सम्झौता गरेका छन् । सांगे यही फिल्म सम्झौता गर्न मंगलबार काठमाडौं आएका थिए । उनी बिहीबार बिहानै स्वदेश (भुटान) फर्किसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख २०, बिहिवार

‘जारी’ समूहको फिल्म ‘मनसरा’ यही शुक्रबार अर्थात् बैशाख २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । बक्स अफिसमा सुखद व्यापारको प्रक्षेपण गरिएको फिल्मले प्रिमियरमा लोभलाग्दो प्रतिक्रिया पाएको छ । बुधबार साँझ ललितपुरस्थित लबिम मलको क्यूएफएक्स हलमा आयोजना गरिएको प्रिमियरमा फिल्म हेर्ने अधिकांशले प्रशंसामा शब्द खर्चिए । विशेषगरी उपेन्द्र सुब्बाको लेखन र निर्देशनको वाहवाही भएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख १९, बुधवार

‘एक था टाइगर’, ‘टाइगर जिन्दा हे’, ‘वार’, ‘पठान’, ‘टाइगर ३’पछि अब यशराज प्रोडक्शनले आफ्नो स्पाई यूनिभर्स अन्तर्गत पहिलो ‘फिमेल लिड’ फिल्म बनाउने तयारी सुरु गरेको छ । बेनामे फिल्ममा अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहनेछ, जसमा उनी एक्सन अवतारमा प्रस्तुत हुनेछिन् । उनको यो पहिलो एक्सन फिल्म हुनेछ । फिल्ममा ७ ठूला ‘एक्सन सिक्वेन्स’ हुने जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख १९, बुधवार

नेपालीमा एउटा चर्चित उखान छ, ‘नपत्याउने खोलाले पनि बगाउँछ ।’ यतिबेला फिल्म ‘बोक्सीको घर’को व्यापारले यो उखानलाई चरितार्थ गरिदिएको छ । न सिक्वेल फिल्म न ठूलो स्टारकास्ट । न प्रचारमा धुमधडाका । रिलिजपूर्व जे-जति चर्चा थियो, त्यो ‘बुझिनँ मैले’ गीतका कारण थियो । तर, फिल्म प्रदर्शनमा आएपछि जुन रुपमा व्यापार भइरहेको छ, त्यसले धेरैलाई आश्चर्यमा पारेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख १९, बुधवार

सत्यराज चौलागाईको निर्देशनमा बनेको फिल्म ‘विच्छेद’ले भारतमा अवार्ड जितेको छ । गत शनिबार मुम्बईको अँधेरीस्थित वेद कुनबा थिएटरमा आयोजना भएको ‘१४ औँ दादासाहेब फाल्के चित्रनगरी’मा फिल्मले सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड जितेको हो । फिल्मकी निर्मात्री सावित्री बज्राचार्यले अवार्ड ग्रहण गरेकी थिइन् । भारतीय फिल्मका पिता भनेर चिनिने दादासाहेब (धुन्डिराज गोविन्द फाल्के)को नामबाट यो अवार्ड प्रदान गरिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख १९, बुधवार

यस वर्षको सुरुवात नै नेपाली फिल्मका लागि उत्साहजनक देखिएको छ । नयाँ वर्षमा आएको फिल्म ‘डिग्री माइला’ले पहिलो साता राम्रो कमाई गर्‍यो । गत हप्तादेखि प्रदर्शन भएको ‘बोक्सीको घर’ले पनि आक्रामक व्यापार गरिरहेको छ । अब धेरैको अपेक्षा यही शुक्रबारदेखि प्रदर्शन हुन लागेको ‘मनसरा’प्रति छ । ‘जारी’ समूहको फिल्म भएकाले आक्रामक व्यापार गर्ने प्रक्षेपण गरिएको छ ।

Results : 37 - 42 of 21228