Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आ बाट आमा २’को छायांकन नसकिँदै चन्द्रको नयाँ फिल्ममा भित्रिए पल

फिल्मीखबर, काठमाडौं, 2026/06/20

paul shah

 

निर्देशक चन्द्र पन्त र अभिनेता पल शाहले तेस्रो पटक फिल्ममा सहकार्य गर्ने भएका छन् । शुक्रबार उनीहरूबीच नयाँ फिल्मका लागि लिखित सम्झौता भएको हो । चन्द्र र पलको पहिलो पटक ‘आ बाट आमा’मा सहकार्य भएको थियो । यसको दोस्रो श्रृंखला (सिक्वेल)मा पनि पलको मुख्य भूमिका रहेको छ । नयाँ फिल्मको भने नाम सार्वजनिक गरिएको छैन । 

शुक्रबार ‘आ बाट आमा २’को पहिलो चरणको छायांकन सकिएलगत्तै निर्देशक पन्तले पललाई आफ्नो नयाँ फिल्ममा अनुबन्धित गरेका हुन् । यस फिल्मको नाम, अन्य कलाकार तथा प्राविधिकहरूको विवरण केही समयपछि सार्वजनिक गरिने निर्देशक पन्तले जानकारी दिए । उनले पलसँगको नयाँ फिल्म ‘आ बाट आमा ३’ भने नहुने स्पष्ट पारेका छन् । 

शुक्रबारबाट नेपाल सेड्युल पूरा भएको ‘आ बाट आमा २’को अब बेलायतको लन्डनमा बाँकी छायांकन गरिने जनाइएको छ । निर्माण टिमले असारभित्रै त्यहाँ छायांकन गर्ने तयारी गरेको छ । कथाको मागअनुसार नै फिल्मका केही दृश्य लन्डनमा खिच्न लागिएको निर्देशक पन्तले बताए । यसअघि उनले भोजपुरी फिल्म ‘निरहुआ चलल लन्डन’को छायांकन पनि त्यहीँ गरेका थिए ।

दशैंको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शनमा आउने ‘आ बाट आमा २’मा पलसहित विपना थापा, आकाश श्रेष्ठ, प्रदीप रावत (गजनी भिलेन), मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य,  सविन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्कालगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्मले आमा र छोराको भावनात्मक सम्बन्धको कथा भन्नेछ ।

Most Visited News (monthly)