मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 25 - 30 of 21227
फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख २३, आईतवार
फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख २३, आईतवार

एक समय समकालीन कलाकारहरुबीच फिल्ममा सहकार्यको ‘ट्रेन्ड’ थियो । शिव श्रेष्ठ, राजेश हमाल र भुवन केसी हुन् या निखिल उप्रेती र विराज भट्ट नै किन नहुन्, उनीहरुले एकसाथ फिल्ममा काम गरेका छन् । तर, अहिलेका ‘स्टार’ कलाकारहरु मिलेर काम गर्दैनन् भन्ने भाष्य बनिरहेको छ । यसलाई केही हदसम्म निर्देशक दिनेश राउतले फिल्म ‘पूजार सार्की’बाट चिर्ने प्रयत्न गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख २२, शनिवार

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’ले शुक्रबार पूर्वमा उत्कृष्ट व्यापार गर्‍यो । धरान, विराटनगर, इटहरी, दमक र विर्तामोड क्षेत्रका हलमा दर्शकको चाप उच्च थियो । तर, पूर्वबाहेक फिल्मको व्यापार अपेक्षाकृत हुन सकेको थिएन । शनिबार भने देशभर फिल्मको व्यापार बलियो देखिएको छ । काठमाडौंमा पनि शनिबार फिल्मप्रति दर्शकको क्रेज उत्साहजनक देखियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख २२, शनिवार

फिल्म चल्न स्टार होइन, स्क्रिप्ट नै हिरो हुनुपर्छ भन्ने मान्यतालाई बलिउडमा बलियोसँग स्थापित गरेको फिल्म हो, ‘लापता लेडीज्’ । यो ५ करोडको बजेटमा बनेको फिल्म हो । गत अप्रिलमा रिलिज भएको फिल्मले भारतमा मात्र २४ करोड हाराहारी व्यापार गरेको थियो । र, अहिले ओटीटीमा धूम मच्चाइरहेको छ । नेपालमा समेत फिल्मको कन्टेन्टलाई लिएर यतिबेला ठूलो चर्चा भइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख २१, शुक्रवार

‘जारी’ समूहको नयाँ फिल्म ‘मनसरा’को शुक्रबारबाट भाग्य परीक्षा सुरु भइसकेको छ । देशभर उच्च शोज पाएको फिल्मले काठमाडौंमा मध्यम व्यापार गरिरहँदा पूर्वमा भने आक्रामक सुरुवात गरेको छ । लाहुरेको सहर भनेर चिनिने धरानमा फिल्मले बिहानैदेखि हाउसफुल यात्रालाई कायम राखेको छ । धरानस्थित फ्रेण्ड्स सिनेमाजले उपलब्ध गराएको चारवटै शोजमा हाउसफुल दर्शक देखिए ।

फिल्मीखबर, काठमाडौंं, २०८१ वैशाख २१, शुक्रवार

जेठ १० गते रिलिज हुने नेपाली चलचित्र 'पुजार सार्की'को टिम र राष्ट्रिय दलित आयोगका पदाधिकारी बिच छलफल भएको छ। जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको यो चलचित्र प्रति योगले चासो देखाउँदै यसै साता ललितपुरको कुपण्डलोस्थित आयोगको कार्यालयमा छलफल कार्यक्रम राखेको थियो।

Results : 25 - 30 of 21227