Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म ‘प्रेम अध्याय’ पुष ३ मा प्रदर्शन हुने

फिल्मीखबर, काठमाडौं, 2026/11/24

Love Chapter

 

काठमाडौं । किशोर चौधरीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘प्रेम अध्याय’ उधौली पर्व तथा क्रिसमस डेको छेको पारेर पुष ३ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार निर्माताले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएका हुन् । फिल्मका मुख्य कलाकारलाई समेटिएको पोस्टरमा एक्सन र लभस्टोरीको झलक देखिन्छ । 

डियर लभ फिल्मको प्रस्तुति रहेको फिल्ममा सरोज खनाल, रामशरण चौधरी, ऋचा थापा, मुकुन्द श्रेष्ठ, मुकुन्द थापा, लक्ष्मण नेपाल, किशोर चौधरी, भुलान चौधरी, विजय श्रेष्ठ, कल्पना उपाध्यायलगायतका कलाकारको अभिनय छ । पोस्टरमा देखिएअनुसार ऋचा थारू युवतीको भूमिकामा छिन् । किरण चौधरीले फिल्मको निर्माण गरेका हुन् । 

फिल्ममा विष्णु परियारको छायांकन, किशोर चौधरीको शब्द तथा संगीत, कमल राई र किशोर चौधरीको कोरियोग्राफी, मित्र डि गुरुङको रंग संयोजन, महाराज थापाको पार्श्व ध्वनि तथा किशोर चौधरीको सम्पादन रहेको छ । साहिल खानले फिल्मको टिजर र ट्रेलर तयार पारेका हुन् । दुई साताअघि अमेरिकाको टेक्ससमा फिल्मको विशेष प्रदर्शनी गरिएको थियो ।