Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखा निर्देशित ‘माया भनेकै यस्तो होला’को पोस्टरले के भन्छ ?

फिल्मीखबर, काठमाडौं, 2026/07/11

maya bhanekai yastai hola

 

अभिनेत्री रेखा थापाको ८ वर्षपछिको निर्देशकीय कमब्याक फिल्म ‘माया भनेकै यस्तो होला’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको सार्वजनिक पोस्टरमा अभिनेता दिल श्रेष्ठलाई केन्द्रमा राखिएको छ । उनको विवाहअघि हल्दी कार्यक्रम भइरहेको देख्न सकिन्छ । 

दिललाई लक्ष्मी गिरी र संगम भण्डारीले हल्दी लगाइरहेका छन् भने ह्विलचेयरमा बसेका मदनकृष्ण श्रेष्ठ प्रफुल्ल मुद्रामा दिललाई हेरिरहेका देखिन्छन् । सोही पोस्टरमा सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता श्रेष्ठ पनि देखिएका छन् । सृष्टि र नीतिको सिउँदोमा सिन्दुर देख्न सकिन्छ । नम्रता भने हातमा बुके लिएर उभिएकी छन् । पोस्टरले फिल्म पारिवारिक कथामा बनेको स्पष्ट संकेत गर्छ ।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा बनेको यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, विनोद पौडेल, सुनिता श्रेष्ठललगायतको अभिनय रहेको छ । ‘पर्खि राख है’ र ‘हिरो रिर्टन्स’ जस्ता फिल्ममा अभिनय गरेका दिलको यो ६ वर्षपछिको कमब्याक फिल्म हो ।

पत्रकार ध्रुव लम्सालको लेखन रहेको फिल्ममा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्मातामा छन् । फिल्ममा सुदीप बरालको छायांकन तथा प्रशान्त सिवाकोटीको संगीत रहेको छ । फिल्मको संयोजन पत्रकार राजन घिमिरेले गरेका हुन् । फिल्मले प्रेमकथाको माध्यमबाट पारिवारिक सम्बन्धका विभिन्न आयामलाई प्रस्तुत गर्ने जनाइएको छ ।