Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कमेडी दरबार’ टिमको फिल्म ‘ककाकिकी’को पहिलो झलकमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2026/07/06

ripti Nadkar, Gauri Malla, Rekha Thapa, Mahesh Tripathi

 

चर्चित हास्य टेलिभिजन शो ‘कमेडी दरबार’को समूहले निर्माण गरेको पहिलो फिल्म ‘ककाकिकी’को पहिलो झलक (टिजर) सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक फर्स्टलुक भिडियोले पात्रहरूको चरित्रचित्रण गर्दै कथाको सेटिङबारे प्रकाश पार्ने प्रयास गरेको छ । फर्स्टलुकले फिल्मको कथावस्तुबारे भने धेरै खुलाएको छैन ।

टिजरको केन्द्रमा फिल्मका चार मुख्य कलाकार गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठी छन् । उनीहरू आफ्नो गाउँ ‘कुलेबारी’का लागि एउटा योजना बनाइरहेको देखिन्छन् । पात्रहरूका संवादले उक्त योजना जोखिमपूर्ण रहेको संकेत गर्छ । टिजर हेर्दा फिल्मले सामाजिक विषयवस्तुलाई हास्य शैलीमा प्रस्तुत गरेको देखिन्छ ।  

माया इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा माओत्से गुरुङ, मनोज गजुरेल, दीया मास्के, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी) लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्मलाई ‘कमेडी दरबार’का बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले निर्देशन गरेका हुन् ।

आगामी भदौ १९ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्मको लेखन निर्देशक बिक्कीसँगै सरोज भण्डारी र विकास अर्यालले गरेका हुन् । पटकथा बिक्की स्वयंको हो । फिल्मको निर्मातामा श्रृद्धा प्रसाईं र ओएसआर डिजिटलकी सञ्चालक सुमित्रा थापा रहेका छन् । सुदिप बरालको छायांकन रहेको फिल्ममा मिलन बिक्रम शाहको सम्पादन तथा शिशिर ठटालको पार्श्व संगीत रहेको छ ।