Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चैत २५ मा ‘मैले आई लभ यू भन्नै सकिनँ’, ट्रेलर र गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2022/04/04
Buddhi Tamang Anjali Adhikari
 
यही चैत २५ गतेबाट फिल्म ‘मैले आई लभ यू भन्नै सकिनँ’ प्रदर्शनमा आउने भएको छ । सोमवार चलचित्र विकास बोर्डको सभा हलमा एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणा गर्दै ट्रेलर र गीत पनि सार्वजनिक गर्‍यो । ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ भने ‘मुस्ताङको बजार’ बोलको गीतमा राजेश पायल राई र मेलिना राईको स्वर रहेको छ ।
 
 
गीतमा दीपक रमनको शब्द तथा संगीत छ । आकर्षक सेट खडा गरेर खिचिएको यस गीतको भिडियोमा कलाकारहरु सुजन नेपाल, सुरवीर पण्डित, राजाराम पौडेल, बुद्धि तामाङ, अञ्जली अधिकारी, सुनिल भुषाल, जयनन्द लामा, सुरज कार्की, सुभाष नेपाली लगायतले नृत्य गरेका छन् । गाउँमा लाग्ने मेलाको सेटअपमा खिचिएको गीतका कोरियोग्राफर कविराज गहतराज हुन् । 
 
शंकर कार्की र बाबु जिम्बाको संयुक्त निर्देशनमा तयार भएको फिल्मको असिस्टेन्ट डाइरेक्टरमा प्रणव सुवेदी छन् । फिल्ममा शंकर कार्कीको कथा, वीर मास्टरको द्वन्द्व, आशिया जिम्बा र सुशील डांगीको छायांकन र आशिष जिम्बाको सम्पादन रहेको छ । शंकर कार्की कार्यकारी निर्माता र प्रेम श्रेष्ठ निर्माता रहेको फिल्मको सह-निर्मातामा मसार नेपाली र भक्त बहादुर नेपाली छन् । 
 

 

यसअघि केही तामाङ भाषाको फिल्म बनाइसकेका निर्देशक बाबु जिम्बाले नेपाली भाषाको फिल्म निर्देशनमा आफ्नो पहिलो अनुभव रहेको बताए । ‘मैले आई लभ यू भन्नै सकिनँ’ले युवापुस्ताको कथा भन्ने उनको भनाई छ । त्यस्तै, अर्का निर्देशक शंकर कार्कीले फिल्म उत्कृष्ट बनेकाले दर्शकलाई मनपर्ने दाबी गरे । फिल्मलाई वितरण गर्ने जिम्मा ‘आरआर फिल्मस्’ ले लिएको छ । 

Most Visited News (monthly)