Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गोपीकृष्ण र जय नेपाल हलले बुझाएनन् सम्पत्ति कर

फिल्मीखबर, काठमाडौं, 2021/08/10
 
काठमाडौंका दुई ठूला सिनेमा हल गोपीकृष्ण मुभिज र जय नेपालले घरजग्गा तथा सम्पत्ति कर नबुझाएको भन्दै काठमाडौं महानगरपालिकाले ३० दिने अल्टिमेटमसहितको सूचना जारी गरेको छ । केही समयदेखि पटक-पटक वडा कार्यालयबाट पत्रचार गर्दा समेत कर नबुझाएको भन्दै महानगरपालिकाले गोपीकृष्ण र जय नेपाललाई कर नतिर्ने कम्पनीको सूचीमा राखेको हो । 
 
गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचनामा गोपीकृष्ण र जय नेपालले कहिलेसम्मको कर नतिरेको भन्ने चाहिँ उल्लेख छैन । सूचना प्रकाशित भएको तीस दिनभित्र महानगरपालिकाको राजश्व विभाग वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेर जरिवानासहित कर बुझाउन महानगरले आग्रह गरेको छ । अन्यथा सेवा बन्द गर्ने, सम्पत्ति रोक्का लगायतको कार्य गरिने सूचनामा भनिएको छ ।
 
 
कर नतिर्ने सूचीमा परेको जय नेपाल कोरोना महामारीपछि सधैंका लागि बन्द भइसकेको छ । जग्गा पुनः भाडमा लिने कुरामा सहमति नजुटेपछि क्वेस्ट इन्टरटेनेमन्टले हल बन्द गर्ने घोषणा गरेको थियो । त्यस्तै, काठमाडौंको चाबहिलमा रहेको गोपीकृष्ण हल पनि कोरोना महामारीपछि भत्काइएको छ । अब त्यहाँ पाँचतारे होटल, मल्टीप्लेक्स हलसहितको २५ तल्ले नयाँ भवन बनाइँदैछ ।
Most Visited News (monthly)