Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

महेश बाबू : तेलुगू फिल्मका शाहरुख खान

एजेन्सी, मुम्बई, 2021/08/09
 
तेलुगू फिल्मका सुपरस्टार महेश बाबूलाई कुनै पहिचानको आवश्यकता छैन । आफ्नो हरेक फिल्ममा सानदार अभिनय र क्यूट स्माइलले उनले दर्शकको दिलमा राज गरेका छन् । उनको साउथमा मात्र होइन, संसारभर जबरजस्त फ्यान फलोइंग छ । ४ वर्षको उमेरमा फिल्म ‘नीडा’ बाट अभिनय करिअर सुरु गरेका उनले अहिलेसम्म ४० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । 
 
सोमवार उनी आफ्नो ४६औं जन्मदिन मनाउँदैछन् । १९७५ अगस्ट ९ मा भारतको चेन्नाईमा जन्मिएका उनलाई तेलुगू इन्डस्ट्रीका शाहरुख खान भन्ने गरिएको छ । पिताको बिडो समात्दै अभिनयमा होमिएका महेश बाबूले सन् १९९९ मा फिल्म ‘राजा कुमारुदु’ बाट लिड नायकको रुपमा डेब्यू गरेका थिए । यो फिल्मपछि उनले आजसम्म आफ्नो करिअर फर्केर हेर्नुपर्ने दिन आएको छैन ।
 
फिल्ममा रिसाहादेखि लभर ब्वाईसम्मको भूमिका निर्वाह गरिसकेका उनी वास्तविक जीवनमा भने अत्यन्त लजालु स्वभावका छन् । उनी आजसम्म कुनै पनि प्रकारको विवादमा समेत तानिएको रेकर्ड छैनन् । यहाँसम्म कि सोसल मिडियामा उनको ट्रोल समेत भएको छैन । बाल कलाकारको रुपमा ९ वटा फिल्ममा काम गरेका उनी अध्ययनका लागि ९ वर्ष अभिनयबाट टाढा बसेका थिए ।
 
महेश बाबूको परिचयको दायरा अभिनेताको रुपमा मात्र सीमित छैन । उनले गीत पनि गाएका छन् । उनले ‘जलसा, ‘बादशाह’ र ‘विजनेशम्यान’ फिल्मका गीतमा आवाज भरेका छन् । २००५ मा मिस इन्डिया तथा अभिनेत्री नम्रता शिरोडकरसँग विवाह गरेका उनका दुई सन्तान छन् । २०१३ मा बलिउड सुपरस्टारहरुलाई पछि पार्दै उनी टाइम्सको ‘मोस्ट डिजायरेबल म्यान’ बनेका थिए ।
Most Visited News (monthly)