Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भन्सालीसँग दीपिकाले मागिन् रणवीर बराबर पारिश्रमिक !

एजेन्सी, मुम्बई, 2021/08/08
 
बलिउडका सफल निर्देशक मानिने सञ्जय लीला भन्सालीको फिल्म ‘बैजू बावरा’ यतिबेला चर्चामा छ । पहिला उनी यो फिल्ममा अभिनेता रणबीर कपूरलाई लिन चाहन्थे । तर, अब यो रोलका लागि अभिनेता रणवीर सिंह फाइनल भएका छन् । उनको अपोजिटमा भन्सालीले अभिनेत्री दीपिका पादूकोणको नाम विचार गरेका छन् । केही चरण उनीहरुबीच छलफल भइसकेको छ ।
 
दीपिकाले रणवीर बराबर पारिश्रमिक डिमान्ड गरेपछि भन्सालीले कुनै निर्णय लिन सकेका छैनन् । उनले रणवीर सिंह र दीपिका पादुकोणलाई लिएर ‘राम लीला, बाजीराव मस्तानी र पद्मावत’ जस्ता सुपरहिट फिल्म बनाइसकेका छन् । अब उनी यो जोडीसँग चौथौं पटक सहकार्यको प्रयासमा छन् । तर, दीपिका श्रीमान् रणवीरभन्दा कम पारिश्रमिक लिएर फिल्ममा काम गर्न तयार छैनन् ।
 
भन्सालीको फिल्ममा अभिनय गरेरै आफ्नो स्टारडम मजबूत बनाएकी दीपिका अहिलेकी सर्वाधिक महंगी अभिनेत्रीमध्ये एक हुन् । बेला बखतमा उनले फिल्ममा बुझेको पारिश्रमिकको निकै चर्चा हुने गर्छ । उनले साउथ सुपरस्टार प्रभाससँग एक फिल्ममा काम गर्न भारु २० करोड पारिश्रमिक बुझेको चर्चा छ । उनी फिल्मको सिंगो कथालाई आफ्नो काँधमा बोकेर हिँड्ने सामर्थ्य राख्छिन् । 
Most Visited News (monthly)