
नेपाली फिल्म क्षेत्रको सबैभन्दा पुरानो संस्था नेपाल चलचित्र संघको कार्यसमितिले पूर्णता पाएको छ । गत महिना भएको संघको ४७औं साधारण सभाबाट अध्यक्षमा विरेन्द्र नारायण श्रेष्ठ सर्वसम्मतले चयन भएपछि १३ जना सदस्यमा चुनिएका थिए । निर्वाचित सदस्यहरुबाट नै कार्यसमिति पदाधिकारी चुन्ने संघको विधानअनुसार सोमवार सबै सदस्यहरुलाई पदीय जिम्मेवारी सुम्पिएको छ ।

आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’बाट रेनु योगीले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । केही सफल नाटकमा अभिनय गरिसकेकी उनलाई निर्माण टिमले अडिसनबाट छनोट गरेको थियो । फिल्ममा उनको जोडी चल्तीका अभिनेता प्रदीप खड्कासँग बाँधिएको छ । प्रदीप झैं फिल्ममा रेनुले पनि जुम्लेली चरित्रमा अभिनय गरेकी छन् ।

गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारितफिल्म ‘गोर्खा स् बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४७ सेकेन्ड लम्बाईको ट्रेलरमा कुलवीर थापाले जर्मनसँगको एक युद्धमा देखाएको बहादुरीको कथालाई प्रस्तुत गरिएको छ । ट्रेलर सार्वजनिकसँगै आगामी भदौ २४ गतेलाई फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।

अनुप बरालको निर्देशनमा तयार भएको फिल्म ‘दोख’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट २४ सेकेन्ड लम्बाईको ट्रेलरमा सामुदायिक वनमा आफ्नो हक जमाउन दुई गाउँबीच भएको फुटबल प्रतियोगिता र माओवादी सशक्त युद्धको परिवेशलाई प्रस्तुत गरिएको छ । फिल्मप्रति उत्सुकता पैदा गर्न ट्रेलर सफल देखिन्छ ।

नेपालको तराई-मधेश क्षेत्रलाई भोजपुरी फिल्मको ठूलो बजार मानिन्छ । राजविराज, जनकपुर, जलेश्वर, गौशाला, विरगन्ज, गौर, मलंगवा, कलैया लगायतका मधेशी समुदायको बाहुल्यता रहेका ठाउँका सिनेमा हलहरुमा नेपाली फिल्म आक्कल-झुक्कल मात्र प्रदर्शन हुन्छन् । त्यो पनि दर्शक अभावले गर्दा दुई दिनमै उत्रिन्छन् । तर, भोजपुरी फिल्म भने हप्तैपिच्छे प्रदर्शन हुने गरेका छन् ।

नेपालका चकलेटी हिरोहरुमाथि लाग्ने गरेको एउटा आरोप छ, ‘उनीहरु अभिनय सुधार गर्न मिहिनेत नै गर्दैनन् । मात्र गोरो अनुहार बेचेर करिअर बचाइरहेका छन् ।’ हुन पनि, केही वर्षयता नेपाली फिल्ममा आफ्नो बलियो पकड बनाएका चकलेटी हिरोहरुको अभिनय हेर्दा नाक खुम्च्याउनु पर्ने अवस्था छ । हरेक फिल्ममा न अभिनयमा भिन्नता छ न चरित्रमा फरकपन दिन सकेका छैनन् ।

