Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5239 - 5244 of 23779
फिल्मीखबर, काठमाडौं, 2022-08-11, बिहिवार

श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक विदा पारेर आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘माइकल अधिकारी’लाई बलिउडका नामी निर्देशक इम्तियाज अलीले एक भिडियो सन्देशमार्फत् प्रदर्शनको शुभकामना दिएका छन् । साथै, उनले नेपाली दर्शकहरुलाई सिनेमा हलमा गएर फिल्म हेर्न आग्रह पनि गरेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2022-08-11, बिहिवार

करिअरको सुरुवाती समयदेखि नै अभिनेत्री दीया मास्केले आफूलाई स्टेरियोटाइप भूमिकाबाट सकभर टाढै राखिन् । ‘कागबेनी’, ‘साँधुरो’, ‘एक दिन एक रात’, ‘फिटकिरी’, ‘सुनगाभा’ जस्ता फिल्ममा चुनौतीपूर्ण चरित्र निर्वाह गरेकी उनले आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रकाश’मा आफूभन्दा केही बढी उमेरको विपन्न महिला चरित्रमा अभिनय गरेकी छन् । 

फिल्मीखबर, काठमाडौं, 2022-08-11, बिहिवार

फिल्म ‘कबड्डी ४’को सफलतापछि निर्देशक रामबाबु गुरुङले नयाँ नाममा बनाउन लागेको फिल्म ‘फूलबारी’को औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । बुधवार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्मको घोषणा गर्दै सम्पूर्ण ‘कास्ट एन्ड क्रियू’लाई चिनाइयो । आगामी भदौबाट सुटिङमा निस्किन लागेको फिल्मले आमा-बुबा र सन्तानबीचको सम्बन्धको कथा भन्नेछ । 

फिल्मीखबर, काठमाडौं, 2022-08-10, बुधवार

नेपाली फिल्मका नामी छायाँकार विदुर पाण्डेले बुधवार विहान काठमाडौंको गंगालाल हृदयरोग अस्पतालमा अन्तिम सास लिए । उनको ५५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बुधवार विहान पशुपति आर्यघाटमा राखिएको थियो । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न कलाकारदेखि निर्माता-निर्देशकहरु आर्यघाट पुगेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2022-08-10, बुधवार

वर्षौंदेखि प्रायः नेपाली फिल्ममा अभिनेत्रीहरुलाई शो-पिसको रुपमा प्रस्तुत गरिँदै आएको छ । हिरोको वरिपरी नाच्ने, समस्या पर्दा बचावमा चिच्याउनेबाहेक अभिनेत्रीहरुलाई गम्भीर प्रकारको भूमिकामा प्रस्तुत गर्न मेकरहरुले नै जोखिम उठाउन चाहेको देखिँदैन । यद्यपि, केही अपबाद फिल्ममा भने अभिनेत्रीहरुले वास्तवमै अलग प्रकारको भूमिकामा आफूलाई सशक्त रुपमा प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-08-10, बुधवार

छायांकनमा निस्कँदै गर्दा फिल्म ‘दुई नम्बरी’ले आगामी कात्तिक ४ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । भाईटीका (तिहार) को एक हप्ता लामो विदा खान फिल्मले कात्तिकलाई प्रदर्शन मिति रोजेको थियो । तर, मंगलवार निर्माण टिमले ट्रेलर बराबरको टिजर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गर्‍यो । अब यो फिल्म आगामी असोज २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । 

Results : 5239 - 5244 of 23779
Most Visited News (monthly)