
८०/९० को दशकमा नेपाली फिल्ममा ठूलो नाम बनाएकी अभिनेत्री हुन्, तृप्ति नाडकर (टोटलानी) । ‘कुशुमे रुमाल’, ‘साइनो’, ‘सम्झना’, ‘लाहुरे’ जस्ता कयैन् यादगार फिल्ममा काम गरेकी उनी एक दशकदेखि अभिनयमा सक्रिय नभए पनि दर्शकको मन र आँखाबाट अझै हराएकी छैनन् । ८ वर्षयता नेपाल समेत नआएकी उनी ७ वर्षदेखि भारतमा बसेर शिक्षण पेशा गरिरहेकी छन् ।


फिल्म ‘इन्टु मिन्टु लण्डनमा’बाट अभिनेताको रुपमा सानदार डेब्यू गरेका धिरज मगर करीब ४ वर्षपछि ठूलो पर्दामा देखिँदैछन् । उनी अभिनीत तेस्रो तर रिलिजको दोस्रो फिल्म ‘बाबरी’ असोज १४ गतेबाट प्रदर्शन हुँदैछ । टिजर रिलिजपछि उनको आवाजलाई लिएर टिका-टिप्पणी भइरहेको छ । प्रायःले उनको आवाज फिल्म ‘कबड्डी’को ‘वीरकाजी’ पात्रसँग दुरुस्तै मिलेको बताएका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध नरेश कुमार पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिट निवेदक र सरकार दुवै पक्षलाई भदौ २ गते छलफलका लागि बोलाएको हो ।

लभस्टोरी फिल्म निर्देशनमा आफूलाई अब्बल सावित गरेका सुदर्शन थापाद्वारा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’को दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको ‘जरुरी कुरा छ’ बोलको गीतले लोकप्रियता हासिल गरेपछि निर्माण टिमले साउनको अन्तिम सोमवार पारेर ‘हराएँ हराएँ’ बोलको रोमान्टिक गीत ओएसआर डिजिटलको यूट्युबमार्फत् रिलिज गरेको हो ।

भदौ ३१ गतेबाट रिलिज पोस्टपोन्ड भएर असोज १४ (बडा दशैं) मा पुगेको फिल्म ‘बाबरी’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा दुई युवक एक युवतीको प्रेममा डुबेपछि आउने उतार-चढावलाई देखाइएको छ । अदिती बुढाथोकीको माया पाउनका लागि धिरज मगर र धिरज नाडकरबीचको लडाइँले ट्रेलर रोचक बनेको छ ।

