Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5143 - 5148 of 23779
फिल्मीखबर, काठमाण्डौ, 2022-08-29, सोमवार

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले फिल्म ‘प्रकाश’ हेरेर कथावस्तु, प्रस्तुतीकरण र कलाकारहरुको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् । आइतवार जमलस्थित विश्वज्योति हलमा फिल्म हेरेका उनले कर्णालीको जनजीवन, भाषा, भेषभुषा, त्यहाँको समाज बुझ्न चाहने जो कोहीलाई फिल्मले काठमाडौंमै बसेर राम्रोसँग जुम्ला देखाउने र चिनाउने बताए । 

फिल्मीखबर, काठमाण्डौ, 2022-08-29, सोमवार

तेलुगू फिल्म ‘गडफादर’को छायांकन नेपालमा गर्ने तयारी गरिएको छ । करीब ४/५ मिनेटको महत्वपूर्ण सिनको छायांकनका लागि फिल्मको निर्माताको टिम जोमसोमको अवलोकन गरेर भारत फर्किएको विदेशी फिल्मको नेपाल व्यवस्थापन हेर्दै आएका सूरज आचार्यले जानकारी दिए । मंगलवार बेलुकासम्म फिल्मको नेपालमा छायांकन हुने वा नहुने भन्ने कुराको टुंगो लाग्ने उनले बताए ।

फिल्मीखबर, काठमाडौं, 2022-08-29, सोमवार

अभिनेता पुष्प खड्का र अभिनेत्री पूजा शर्माको फिल्म ‘राजकुमारी’मा जोडी बाँधिने भएको छ । ‘जय शम्भु’ फेम्ड निर्देशक रूपेश तामाङ्गको निर्देशनमा बन्न लागेको यस फिल्ममा उनीहरुले काम गर्ने पक्का भएको हो । पुष्पले हालै यो फिल्म साइन गरेका हुन् भने पूजासँग निर्माताले लकडाउन अगावै सम्झौता गरेका थिए । फिल्म लभस्टोरी र एक्सन जनरामा निर्माण हुने जानकारीमा छ ।

फिल्मीखबर, काठमाण्डौ, 2022-08-29, सोमवार

अहिलेका चल्तीका अभिनेता प्रदीप खड्कालाई चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले खासै मन पराउँदैनन् भन्ने कुरा सुन्नमा पाइन्छ । आफ्नो छोरा अनमोल केसीको प्रतिस्पर्धी नायक भएकाले पनि उनी प्रदीपको लोकप्रियताबाट सुःख नहुने गरेको फिल्म क्षेत्रमा गाईंगुईं सुनिन्छ । तर, आजका दिनसम्म भुवनले खुलेरै प्रदीपबारे कुनै खालको टिका-टिप्पणी गरेका छैनन् । 

फिल्मीखबर, काठमाडौं, 2022-08-28, आईतवार

हिन्दी भाषामा डब भएर पहिलो पटक नेपाली फिल्म ‘प्रेमगीत ३’ भारतीय हलमा प्रदर्शन हुने भएपछि नेपाली फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डले फिल्मको निर्देशकदेखि कलाकारसम्मलाई सम्मान गरेको छ । आइतवार बोर्डको सभा हलमा आयोजित एक कार्यक्रममा अध्यक्ष भुवन केसीले फिल्मको टिमलाई शुभकामना दिँदै सम्मानस्वरुप गौतम बुद्धको मुर्ति प्रदान गरे ।

फिल्मीखबर, काठमाडौं, 2022-08-28, आईतवार

नेपाली फिल्म क्षेत्रमा कलाकार र निर्देशकबीच सुमधुर सम्बन्ध स्थापित भएका ज्यादै कम उदाहरण छन् । प्रायःको एउटा फिल्ममा सहकार्य भएपछि सम्बन्ध विग्रिएकै हुन्छ । तर, यसको अपबादमा पर्छन्, निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्मा । ‘मधुमास’ देखि उनीहरुबीच सहकार्य टुटेको छैन । बेला बखतमा खटपटको खबर आएता पनि उनीहरुको व्यावसायिक सम्बन्ध मजबूत छ ।

Results : 5143 - 5148 of 23779
Most Visited News (monthly)