मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

‘विच्छेद’ले भारतमा जित्यो अवार्ड

फिल्मीखबर, काठमाडौं, 2024/05/01

 

सत्यराज चौलागाईको निर्देशनमा बनेको फिल्म ‘विच्छेद’ले भारतमा अवार्ड जितेको छ । गत शनिबार मुम्बईको अँधेरीस्थित वेद कुनबा थिएटरमा आयोजना भएको ‘१४ औँ दादासाहेब फाल्के चित्रनगरी’मा फिल्मले सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड जितेको हो । फिल्मकी निर्मात्री सावित्री बज्राचार्यले अवार्ड ग्रहण गरेकी थिइन् । भारतीय फिल्मका पिता भनेर चिनिने दादासाहेब (धुन्डिराज गोविन्द फाल्के)को नामबाट यो अवार्ड प्रदान गरिन्छ ।

यही बैशाख पहिलो साता रामेछाप जिल्लामा आयोजना भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा पनि ‘विच्छेद’ले दुईवटा विधामा अवार्ड जितेको थियो । संकल्प भुजेल उत्कृष्ट छायाँकार घोषित भएका थिए भने फिल्मलाई जुरी मेन्सन अवार्ड प्रदान गरिएको थियो । त्यसअघि सौराहा दक्षिण एसियाली फिल्म फेस्टिभलमा पनि फिल्मले छायांकन र लेखन विधामा दुईवटा अवार्ड जितेको थियो ।

सिम्पल एन्ड मिडिया र रेड आई फिल्म्सको संयुक्त प्रस्तुति रहेको फिल्ममा मुकुन भुसाल र लक्ष्मी बर्देवाको प्रमुख भूमिका छ भने हिउँवाला गौतम, लय सङ्ग्रौला, प्रिया रिजाल, सुष्मा निरौला, जीवन थापा, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जयराम सापकोटा लगायतले पनि अभिनय गरेका छन् । फिल्मलाई यस वर्ष प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ ।