मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(15 votes, avg 4.73/5.00)
Text size:-
+
-

‘मनसरा’लाई उच्च शोज, कस्तो होला ओपनिङ ?

फिल्मीखबर, काठमाडौं, 2024/05/01

mansara

 

यस वर्षको सुरुवात नै नेपाली फिल्मका लागि उत्साहजनक देखिएको छ । नयाँ वर्षमा आएको फिल्म ‘डिग्री माइला’ले पहिलो साता राम्रो कमाई गर्‍यो । गत हप्तादेखि प्रदर्शन भएको ‘बोक्सीको घर’ले पनि आक्रामक व्यापार गरिरहेको छ । अब धेरैको अपेक्षा यही शुक्रबारदेखि प्रदर्शन हुन लागेको ‘मनसरा’प्रति छ । ‘जारी’ समूहको फिल्म भएकाले आक्रामक व्यापार गर्ने प्रक्षेपण गरिएको छ ।

‘स्टारकास्ट’ र ट्रेलरले बढाएको हाइपलाई मध्यनजर गर्दै फिल्मलाई मल्टीप्लेक्सहरुले ठूलो मात्रामा शोज दिएका छन् । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो १४ वटा हलमा ६९ शोज (काठमाडौंमा २८ र मोफसलमा ४१ शोज) बाँडेको छ । बुकिङ राम्रो रहेको अवस्थामा शोज थप बढ्न सक्नेछ । वान सिनेमाजले दुईटा आउटलेटमा १२ शोज र बिग मुभिजले ६ शोज दिएको छ ।

देशकै दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआईसहितका अन्य प्रमुख मल्टीप्लेक्सहरुमा भने बुकिङ खुल्ला भैसकेको छैन । बुधबार बेलुकासम्म देशभरका सम्पूर्ण हलमा फिल्मको बुकिङ खुल्ने जनाइएको छ । फिल्मले पहिलो दिन देशभर करिब साढे २ सय शोज पाउने देखिन्छ । अब उपलब्ध शोजमा दर्शक भर्नुपर्ने चुनौती ‘मनसरा’लाई छ । यसका लागि ‘वर्ड अफ माउथ’ महत्त्वपूर्ण रहनेछ ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, प्रविण खतिवडा, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन् भने हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राई लगायतको पनि अभिनय रहेको छ । फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । छायाँकार पनि उनी नै हुन् । यो फिल्मले अन्तरजातीय सम्बन्धको आयामलाई कथाको मुख्य विषयवस्तु बनाएको छ ।