मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

आलियालाई लिएर एक्सन फिल्म बनाउँदै यशराज, बबी भिलेन

फिल्मीखबर, काठमाडौं, 2024/05/01

आलिया भट्ट, बॉबी देओल

 

‘एक था टाइगर’, ‘टाइगर जिन्दा हे’, ‘वार’, ‘पठान’, ‘टाइगर ३’पछि अब यशराज प्रोडक्शनले आफ्नो स्पाई यूनिभर्स अन्तर्गत पहिलो ‘फिमेल लिड’ फिल्म बनाउने तयारी सुरु गरेको छ । बेनामे फिल्ममा अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहनेछ, जसमा उनी एक्सन अवतारमा प्रस्तुत हुनेछिन् । उनको यो पहिलो एक्सन फिल्म हुनेछ । फिल्ममा ७ ठूला ‘एक्सन सिक्वेन्स’ हुने जनाइएको छ ।

मिड-डेको रिपोर्ट अनुसार, फिल्मको ‘एक्सन सिक्वेन्स’का लागि सेट डिजाइनको काम चलिरहेको छ । फिल्म ठूलो बजेटमा निर्माण हुने जनाइएको छ । ‘टाइगर’ फ्रेन्चाइजमा कटरीना कैफ तथा ‘पठान’मा दीपिका पादूकोणलाई दर्शकले रुचाएपछि निर्माता आदित्य चोपडाले ‘फिमेल लिड’ फिल्म बनाउने निर्णय गरेका थिए । फिल्मको एक्सन सिनका लागि कोरियन ‘स्टन्ट’ निर्देशक लिइएको छ ।

फिल्ममा आलियासहित शर्वरी वाघको पनि अभिनय रहनेछ । खलपात्रको भूमिकामा अभिनेता बबी देओल प्रस्तुत हुने पिंकविलाले जनाएको छ । फिल्मका मेकरले आलिया र बबीबीच ठूलो एक्सन सिक्वेन्सको तयारी गरेका छन् । आलिया र बबीले पहिलोपटक एकसाथ काम गर्न लागेका हुन् । शिव रवैलले फिल्मलाई निर्देशन गर्नेछन् । उनले यसअघि ‘द रेलवे म्यान’ सिरिज बनाएका थिए ।