Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1417 - 1422 of 23775
फिल्मीखबर, काठमाडौं, 2025-03-09, आईतवार

आगामी चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राजागंज’ (पूजा, सर)को टिमले दर्शकसम्म पुग्न फरक अभ्यास गरेको छ । प्रायः नेपाली फिल्मको प्रदर्शनभन्दा २/३ दिनअघि काठमाडौं केन्द्रित प्रिमियर गरिन्छ । र, त्यसमा फिल्मकर्मीहरुको उपस्थिति बढी रहन्छ । तर, ‘राजागंज’को भने विभिन्न सहरमा विशेष शोको आयोजना गर्दै निर्माताले दर्शकको प्रतिक्रिया बुझिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-03-09, आईतवार

बलिउड स्टार सलमान खान इदमा रिलिज हुन लागेको फिल्म ‘सिकन्दर’मार्फत डेढ वर्षपछि पर्दामा देखिँदैछन् । यो फिल्म उनको करिअरका लागि निकै महत्त्वपूर्ण मानिएको छ । किनकि, उनका अघिल्ला केही फिल्महरुले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेनन् । ‘टाइगर’ जस्तो सफल फिल्मको तेस्रो श्रृंखला समेत घाटामा गयो । यो अवस्थामा उनलाई ‘सिकन्दर’ चल्नैपर्ने दबाब छ ।

फिल्मीखबर, काठमाडौं, 2025-03-08, शनिवार

आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘राजागंज’ (पूजा, सर)की अभिनेत्री तथा निर्मात्री आशा मगराती स्विट्जरल्याण्डको प्रतिष्ठित फ्रिबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सवको अन्तर्राष्ट्रिय जुरी सदस्यमा मनोनित भएकी छन् । उनलाई फिचर फिल्मतर्फको जुरीमा आयोजकले मनोनित गरेको हो । यो फेस्टिभलको जुरीमा मनोनित हुने उनी पहिलो नेपाली कलाकार हुन् ।

फिल्मीखबर, काठमाडौं, 2025-03-08, शनिवार

शुक्रबारबाट प्रदर्शन यात्रा थालेको फिल्म ‘होस्टेल ३’ले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ । शुक्रबार कामकाजी दिनमा पनि फिल्मले देशभरका हलहरूमा ५० प्रतिशतमाथि अकुपेन्सी हासिल गरेको थियो । शनिबार भने फिल्मको व्यापारमा उछाल आएको छ । प्राप्त शोहरूमा बिहानैदेखि देशभर दर्शकको उत्साहप्रद उपस्थिति देखिएको छ । र, प्रतिक्रिया पनि सकारात्मक मिलेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-03-08, शनिवार

यही फागुन २९ गते अर्थात् होलीको दिनबाट प्रदर्शनमा आउन लागेको एक्सनप्रधान फिल्म ‘आउट लः दफा २१९’को ओएसटी गीत ‘अन्धो कानुन’ सार्वजनिक गरिएको छ । चर्चित गीत ‘अख्खा छ’का र्‍यापर मिस्टर डी (सन्दीप विष्ट)को र्‍याप, मेलोडी र शब्द रचना रहेको गीतमा नितु पुनको गायन छ । युवापुस्तामाझ चर्चित र्‍यापर डीले पहिलोपटक फिल्मका लागि र्‍याप गीत तयार पारेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2025-03-08, शनिवार

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित फिल्म ‘अञ्जिला’को लाहुरेको सहर भनेर चिनिने धरानमा प्रिमियर गरिएको छ । शुक्रबार धरानको फ्रेन्ड्स सिनेमाजमा आयोजित प्रिमियरमा फिल्मका निर्देशक मिलन चाम्स, निर्माता प्रेमकुमार श्रेष्ठसहित विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो । प्रिमियरमा फिल्मले प्रशंसा बटुलेको छ ।

Results : 1417 - 1422 of 23775
Most Visited News (monthly)