Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1399 - 1404 of 23775
फिल्मीखबर, काठमाडौं, 2025-03-12, बुधवार

आगामी चैत १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘राजागंज’ अन्ततः सेन्सर पास भएको छ । सोमबार सेन्सर बोर्डले केही दृश्य र शब्दमा आपत्ति जनाउँदै प्रदर्शन अनुमति नदिएपछि बुधबार दिउँसो निर्माता पुनः सेन्सरका लागि पुगेका थिए । बोर्डले राखेका सबै सर्तहरु मान्न तयार भएपछि फिल्मले सबै उमेरका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-03-12, बुधवार

आगामी चैत २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको गायक प्रकाश सपूत निर्देशित पहिलो फिल्म ‘वसन्त’को ‘साँझ पर्‍यो झमक्क’ गीत दर्शकमाझ लोकप्रिय बनिसकेको छ । गीतलाई दुई महिनामा युट्युबमा मात्र ६५ लाख बढी भ्यूज मिलेको छ । उक्त गीतको सफलतापछि एक साताअघि फिल्मको दोस्रो गीतको रुपमा सार्वजनिक ‘बिना स्वादैको’ पनि लोकप्रिय बन्ने बाटोमा देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-03-12, बुधवार

पछिल्लो समय एकपछि अर्को फिल्मले सेन्सरमा झमेला व्यहोरिरहेका छन् । कहिले हिंसात्मक दृश्य धेरै भएको भन्दै बोर्डले कैंची चलाउँछ त कहिले ठाउँको नाममा फिल्म बनाएको भन्दै प्रदर्शन अनुमति दिन अस्वीकार गर्छ । जसले गर्दा सेन्सर निरंकुश बनेको आरोप लागिरहेको छ । कला र सिर्जनामाथि अंकुश लगाउन खोज्ने बोर्ड खारेज हुनुपर्ने माग पनि बेला बखतमा उठिरहेको हुन्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-03-12, बुधवार

होलीको दिन पारेर यही फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेका दुई फिल्म ‘आउट ल : दफा २१९’ र ‘अञ्जिला’लाई देशभरका मल्टीप्लेक्सहरुले शो बाँडफाँड गर्दै अग्रिम टिकट बुकिङ खुलाएका छन् । दुवै फिल्मलाई राम्रो शो मिलेको छ । ‘आउट ल’ले १०३ र ‘अञ्जिला’ले ९८ शो पाएको खल्ती एपमा देखिन्छ । अब उपलब्ध शोलाई अकुपेन्सीमा बदल्नुपर्ने ठूलो चुनौती दुवै फिल्मलाई छ ।

फिल्मीखबर, काठमाडौं, 2025-03-12, बुधवार

विश्वका थुप्रै फेस्टिभलहरू चहारिसकेको फिल्म ‘राजागंज’ आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । तर, फिल्मलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले भने प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ । सोमबार साँझ फिल्मको जाँचपछि बोर्डले केही दृश्य तथा शब्दहरुमा आपत्ति जनाउँदै त्यसलाई सच्चाएर ल्याउन निर्देशन दिएको निर्देशक दीपक रौनियारले बताए ।

फिल्मीखबर, काठमाडौं, 2025-03-12, बुधवार

भारतीय रियालिटी शो ‘झलक दिखला जा-९’ र ‘डीआईडी लिटिल मास्टर-३’को उपाधि जितेर ठूलो चर्चा कमाएकी नेपालकी तेरिया फौजा मगरले अब फिल्ममा आफ्नो अभिनय क्षमता अजमाउने भएकी छन् । उनले ‘मितज्यू’ फिल्मबाट अभिनय करिअर सुरु गर्न लागेकी हुन् । बुधबार निर्माण टिमले एक पोस्टरमार्फत उनी मुख्य अभिनेत्रीको रुपमा फिल्ममा भित्रिएको जानकारी गराएको हो ।

Results : 1399 - 1404 of 23775
Most Visited News (monthly)