Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1411 - 1416 of 23775
फिल्मीखबर, काठमाडौं, 2025-03-10, सोमवार

यही फागुन २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको एक्सनप्रधान फिल्म ‘आउट ल : दफा २१९’ दुई साताअघि सार्वजनिक ट्रेलरका कारण चर्चामा छ । एक्सन र मेकिङ शैली अब्बल देखिएको ट्रेलरले फिल्मप्रति दर्शकहरुमा अपेक्षा निकै बढाएको छ, जुन निर्माण टिमका लागि ठूलो चुनौती हो । ट्रेलरलाई युट्युबमा मिलेको प्रतिक्रिया हेर्ने हो भने धेरैले हलिउड र साउथ फिल्मसँग दाँजेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-03-10, सोमवार

अभिनेता दीलिप रायमाझीको मुख्य भूमिका रहेको फिल्म ‘हेल्लो काशीराम’ आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मितिसहित सोमबार निर्माण टिमले फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ, जसमा दीलिपलाई काँधमा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ । यसले फिल्म कमेडी शैलीमा निर्माण भएको संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-03-10, सोमवार

प्रायः नेपाली कलाकारको क्रेज हलमा भन्दा महोत्सवमा बढी देखिन्छ । त्यसमा अभिनेता पल शाह पनि पर्छन् । एक वर्ष लामो जेल जीवनपछि महोत्सवमा बाक्लै उपस्थिति जनाइरहेका उनलाई हेर्न दर्शकहरुको भीड थामिनसक्नु हुने गरेको छ । घाटा बेहोरिरहेका महोत्सवले समेत उनका कारण मुनाफा कमाउँछन् । तर, उनलाई लिएर फिल्म बनाएका निर्माता भने करोडौं डुबेर तनावमा छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-03-10, सोमवार

युवापुस्तामा रुचाइएका चर्चित अभिनेता प्रदीप खड्का सोमबार आफ्नो ३३औं जन्मदिन मनाउँदैछन् । २०४८ सालमा ललितपुरको कुसुन्तीमा जन्मिएका उनको जन्मदिनको अवसर पारेर फिल्म ‘पिताम्बर’को टिमले उनलाई ‘सुपरस्टार’को ट्याग दिँदै नयाँ टिजर सार्वजनिक गरेको छ । झन्डै एक मिनेट लामो टिजरमा उनको दृश्यलाई मात्र स्थान दिइएको छ । र, प्रायः दृश्य काटमारका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-03-09, आईतवार

आगामी बैशाख १२ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘खेल’को शीर्ष गीत सार्वजनिक गरिएको छ । र्‍याप मिश्रित गीतमा स्वर र शब्द रचना स्याम्मी डी रियल जीको रहेको छ । र्‍याप गायिकाको रुपमा परिचित उनले यही गीतबाट पार्श्व गायनमा डेब्यु गरेकी हुन् । गीतका संगीतकार तथा संगीत निर्माता सुरज ब्लुज हुन् । मिक्सिङ र मास्टरिङ भारतका अभिनव अग्निहोत्रीले गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-03-09, आईतवार

आइतबार दिउँसो पोखराबाट समिट एयरको चार्टर्ड विमानमार्फत काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थलको मुख्यद्वारमा राष्ट्रिय झन्डा लिएर उपस्थित भएका हजारौं राजावादी समर्थकहरूको दृश्य फिल्ममा समेत हेर्न पाइने भएको छ । महाशिवरात्रिको दिनदेखि छायांकनरत फिल्म ‘माग्ने राजा’मा राजावादी समर्थकहरूको प्रदर्शनलाई कैद गरिएको हो ।

Results : 1411 - 1416 of 23775
Most Visited News (monthly)