Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1351 - 1356 of 23775
फिल्मीखबर, काठमाडौं, 2025-03-26, बुधवार

गायक सुशान्त केसीले फिल्म ‘कर्मा’बाट पार्श्व गायनमा डेब्यु गरेका छन् । उनले फिल्मका लागि ‘पागल पागल जस्तै’ बोलको गीत गाएका हुन् । यसमा उनी स्वयंको शब्द रचना तथा संगीत छ । गीत रेकर्ड भएर भिडियो समेत छायांकन भइसकेको छ । भिडियोमा उनी आफैं देखिएका छन् । अघिल्लो हप्ता उनको भागको छायांकन गरिएको निर्देशक सौरभ चौधरीले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2025-03-26, बुधवार

सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्म ‘बिगुल’मा अभिनेता नरेन खड्का मुख्य भूमिकामा देखिने भएका छन् । उनीसँग निर्माताले यसै साता लिखित सम्झौता गरेका हुन् । उनी पछिल्लो पटक फिल्म ‘बुलाकी’मा देखिएका थिए । उनले मुख्य अभिनेताको रुपमा डेब्यु गरेको फिल्म भने ‘हमेशा’ हो । यसपछि उनले एक दर्जन बढी फिल्ममा काम गरिसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-03-25, मंगलवार

अभिनेता अनमोल केसीले आफ्नो नयाँ फिल्म ‘जेरी अन टप’को छायांकन सकाएका छन् । सोमबार मुस्ताङमा अन्तिम दृश्य खिचेर कलाकारसहितको टिम काठमाडौं फर्किसकेको छ । निर्माता सरोज न्यौपानेले दुई गीतबाहेकको छायांकन ६० दिनमा सकिएको जानकारी दिए । उनका अनुसार दुई गीतमध्ये एउटा भारतको पुडुचेरी र अर्को काठमाडौंमा खिचिनेछ ।

फिल्मीखबर, काठमाडौं, 2025-03-25, मंगलवार

अभिनेता दयाहाङ राईका दुई फिल्म ‘अञ्जिला’ र ‘राजागंज’ एक दिनको अन्तरमा प्रदर्शनमा आएका थिए । ‘अञ्जिला’ फागुन २९ गते र ‘राजागंज’ चैत १ गतेबाट प्रदर्शन भएको थियो । यी दुई फिल्ममध्ये उनले ‘राजागंज’लाई बढी काखी च्यापेका थिए । उनको फेसबुक पोस्टहरू हेर्दा पनि त्यो प्रष्ट हुन्छ । तर, उनलाई व्यापारिक सफलता र अभिनयको प्रशंसा भने ‘अञ्जिला’बाट मिलेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-03-25, मंगलवार

सर्बकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल अब नयाँ फिल्म ‘अभिमन्यु’ निर्माणको तयारीमा छन् । आगामी भदौ २७ गतेलाई प्रदर्शन मिति घोषणा भइसकेको फिल्मका लागि कलाकार छनोट प्रक्रिया सुरु भएको छ । फिल्ममा पहिलो कलाकारको रुपमा गौमाया गुरुङ भित्रिएकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-03-25, मंगलवार

देशलाई लोडसेडिङबाट मुक्त गराएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेपछि यतिबेला चौतर्फी विरोध भइरहेको छ । नेतादेखि कलाकारसम्मले सामाजिक सञ्जालमार्फत कुलमानलाई हटाइएकोमा आपत्ति जनाएका छन् ।

Results : 1351 - 1356 of 23775
Most Visited News (monthly)