Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1363 - 1368 of 23775
फिल्मीखबर, काठमाडौं, 2025-03-23, आईतवार

गत वर्ष प्रदर्शन भएको फिल्म ‘अगस्त्य’बाट चर्चामा आएका निर्देशक हुन्, सौरभ चौधरी । यो फिल्मले उनलाई एक्सनमा सम्भावना बोकेको निर्देशकको रुपमा चिनायो । अब उनी निर्देशित तेस्रो फिल्म ‘कर्मा’ यही चैत २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । उनको यो फिल्म पनि एक्सन प्रधान हो । यसमा उनले अभिनेता विपिन कार्कीलाई पहिलो पटक एक्सन भूमिकामा उतारेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-03-22, शनिवार

गायक, संगीतकार तथा अभिनेता प्रकाश सपूतको निर्देशनमा तयार भएको पहिलो फिल्म ‘वसन्त’को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ४ मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे महत्त्वपूर्ण प्रकाश पारेको छ । जनआन्दोलनको समय अर्थात् ०६२/६३ सालको परिवेशमा तयार पारिएको फिल्मले जात व्यवस्थाविरूद्धको कथा उठाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-03-22, शनिवार

नेपालमा मल्टीस्टारर फिल्म कमै बन्ने गरेका छन् । यसको पछाडि विभिन्न कारण छन् । सबैभन्दा ठूलो कारण कलाकारहरुबीचको ‘इगो’लाई मानिन्छ । यद्यपि, बेला बखतमा एउटै फिल्ममा ‘स्टार’ कलाकारहरुको जमघट देखिने गरेको छ । पछिल्लो पटक ‘पूजार सार्की’मा त्यो देखिएको थियो । अब यही चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पिताम्बर’मा पनि स्टारहरुको जत्था छ ।

फिल्मीखबर, काठमाडौं, 2025-03-21, शुक्रवार

नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कर्मा’को पहिलो गीतको रुपमा ‘सारी लगाइदेऊ’ सार्वजनिक गरिएको छ । सलिना बि.कको स्वर रहेको गीतमा भाष्कर स्वाँरको संगीत, सुष्मा सिग्देलको शब्द तथा भाष्कर स्वाँर र सुवास पौडेलको संगीत संयोजन छ । मौलिक नेपाली शब्द प्रयोग गरिएको उक्त गीतलाई रत्यौली संस्कृतिमा तयार पारिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-03-21, शुक्रवार

आगामी जेठ ३० गतेदेखि प्रदर्शनमा आउन लागेको निगम श्रेष्ठ निर्देशित फिल्म ‘भाइरल गोर्खे’को टिजर सार्वजनिक भएको छ । २ मिनेट लामो टिजरले फिल्म भाइरल मोहको कथामा बनेको प्रष्ट पार्छ । अरुको देखासिखी गर्दै टिकटकमा भाइरल हुन सौगातको पात्रले गर्ने विभिन्न क्रियाकलापलाई हास्य शैलीमा प्रस्तुत गरिएको छ । टिजरमा सौगातलाई ‘सुपरस्टार’को ट्याग पनि दिइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-03-21, शुक्रवार

निर्देशक, निर्माता तथा कलाकार अशोक शर्माले फिल्म ‘रातो टीका निधारमा’बाट छोरा अंकित शर्मालाई अभिनेताको रुपमा डेब्यु गराए । अब उनकी छोरी कृति शर्माले पनि अभिनय करिअर सुरु गरेकी छन् । उनले म्यूजिक भिडियोबाट अभिनयमा डेब्यु गरेकी हुन् । उनी अभिनीत पहिलो म्यूजिक भिडियो ‘रिटिङ् र्‍याइँर्‍याइँ’ बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।

Results : 1363 - 1368 of 23775
Most Visited News (monthly)