
दीवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म ‘नरसिंहा अवतार’ आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि फिल्मलाई चैत २९ गते प्रदर्शन गर्ने तयारीमा निर्माण टिम थियो । तर, उक्त मितिमा अरु दुई एक्सन फिल्म पनि आउने भएपछि ‘नरसिंहा अवतार’लाई २ महिना पछाडि सारिएको हो ।

कुनै बेला बलिउडमा ‘हिट मेसिन’ मानिएका अभिनेता सलमान खानको विगत सात वर्ष अर्थात् सन् २०१८ देखि कुनै फिल्मले अपेक्षित व्यापार गर्न सकेका छैनन् । गत वर्षको तिहारमा प्रदर्शन भएको हिट फ्रेन्चाइज ‘टाइगर’को तेस्रो श्रृंखलालाई समेत लगानी उठाउन मुस्किल परेको थियो । त्यसअघि आएका ‘रेस ३’, ‘किसीका भाई किसी की जान’ जस्ता फिल्म पनि व्यापारमा औसत रहे ।



आगामी बैशाख १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सस्पेन्स थ्रिलर फिल्म ‘खेल’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ३१ सेकेण्ड लम्बाईको ट्रेलरमा एउटा खातक खेलपछि उत्पन्न हुने समस्यालाई देखाइएको छ । फिल्मले मुख्य रुपमा अन्धविश्वास, रोगको प्रकोप र कालो जादुका विषयलाई उठाएको ट्रेलरले प्रष्ट पार्छ ।

कुनै बेला नेपाली फिल्म क्षेत्रलाई काँध हालेर स्टारडमको मानक खडा गरेका अभिनेता राजेश हमाल फिल्म ‘नरसिंहाः अवतार’बाट ८ वर्षपछि ठूलो पर्दामा देखिँदैछन् । यही चैत २९ गते फिल्मलाई प्रदर्शन गर्न खोजिएको भए पनि पोस्टको काम नसकिँदा अब आगामी जेठमा रिलिजको तयारी गरिएको छ । भोलि (सोमबार) फर्स्टलुक पोस्टरमार्फत् फिल्मको प्रदर्शन मिति घोषणा गरिँदैछ ।

