
लगातार फिल्मको सफलताले चर्चाको उत्कर्षमा रहेकी अभिनेत्री अञ्जना बराइलीको नयाँ फिल्म ‘डोरी’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यस वर्ष रिलिज भएको यो उनको तेस्रो फिल्म हो । उनको गत कात्तिकमा ‘पूर्णबहादुरको सारङ्गी’ र जेठमा ‘पूजार सार्की’ रिलिज भएको थियो । यी दुवै फिल्म सफल भएकाले अब उनलाई ‘डोरी’बाट एकै वर्षमा हिटमा ‘ह्याट्रिक’ गर्ने अवसर छ ।

नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको सदस्यमा ‘शुभ लभ’का निर्देशक सन्तोष बाबु लोहनी नियुक्त भएका छन् । रिक्त रहेको दुई सदस्यमध्ये एक पदमा उनलाई तालुकवाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट दुई वर्षका लागि नियुक्त गरेको हो । उनले सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङबाट बिहीबार नियुक्ति पत्र बुझेका छन् ।

गायक तथा अभिनेता प्रकाश सपूतले गीतमार्फत राज्य र समाजलाई प्रश्न गर्दै आइरहेका छन् । उनका गीतमा व्यवस्था परिवर्तन भएर पनि जनताको अवस्था परिवर्तन नभएको यथार्थदेखि जातीय विभेदसम्मको चित्रण भेटिन्छ । तर, कतिपयले उनलाई जातीय मुद्धा मात्र बेचिरहेको आरोप लगाउँछन् । उनले पहिलो निर्देशकीय फिल्म ‘वसन्त’मा पनि जातीय विभेदकै विषय उठाएका छन् ।

अभिनेता पल शाहको अभिनेत्री द्वय बेनिशा हमाल र नीति शाहसँग जोडी बाँधिएको नयाँ फिल्म ‘मोहर’ नेवार समुदायले मनाउने गाईजात्राको छेको पारेर प्रदर्शनमा आउने भएको छ । आगामी साउन २५ गते परेको गाईजात्राको विदालाई लक्षित गर्दै साउन २३ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । अहिलेसम्म उक्त मिति अरु फिल्मले रोजेका छैनन् ।

अभिनेता सौगात मल्ल र अभिनेत्री गरिमा शर्माले पहिलो पटक एकसाथ काम गरेको फिल्म ‘जन्ते बाख्रो’ आगामी जेठमा प्रदर्शन हुने भएको छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्मको बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै जेठ २३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । अहिलेसम्म यो मितिमा अरु नेपाली फिल्म छैनन् ।

नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको एक्सनप्रधान फिल्म ‘पिताम्बर’को भोलि शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा हुने भनिएको ट्रेलर सार्वजनिक कार्यक्रम स्थगित भएको छ । भोलि नै माओवादीसहितका दल संलग्न समाजवादी मोर्चाले भृकुटीमण्डपमा विशाल प्रदर्शन गर्ने भएपछि फिल्मको ट्रेलर रिलिज कार्यक्रम स्थगित गरिएको हो ।

