Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1339 - 1344 of 23775
फिल्मीखबर, काठमाडौं, 2025-03-30, आईतवार

फिल्म ‘साँघुरो’बाट उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड जितेका सुशांक मैनाली ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । उनले निर्माणको तयारीमा रहेको फिल्म ‘जनै हराएको बाहुन’बाट कमब्याक गर्न लागेका हुन् । उनी अभिनीत पछिल्लो फिल्म ‘जंगे’ २०७३ सालमा रिलिज भएको थियो । त्यसअघि उनले ‘साँघुरो’सहित ‘टलकजंग भर्सेस टुल्के’ र ‘को आफ्नो’मा काम गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2025-03-30, आईतवार

यतिबेला देशमा ‘गणतन्त्रवादी’ र ‘राजावादी’को ट्याग भिराउने होड नै चलिरहेको छ । ‘राजाको शासनकाल नै ठीक थियो’ भन्नेहरु ‘राजावादी’ करार भइरहेका छन् भने अहिलेको व्यवस्थालाई समर्थन गर्नेहरुले ‘गणतन्त्रवादी’को ट्याग पाएका छन् । यी दुईथरी ट्याग पाउनेमा सर्वसाधारणदेखि कलाकारसम्म छन् । अहिले केही कलाकारहरूलाई ‘राजावादी’को ट्याग लागिरहेको छ ।

काठमाडौं, काठमाडौं, 2025-03-29, शनिवार

अभिनेत्री तथा पूर्वमिस नेपाल (२०१७) निकिता चाण्डक यतिबेला बलिउडमा करिअर बनाउन संघर्ष गरिरहेकी छन् । उनको निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘लभ एन्ड वार’बाट बलिउडमा प्रवेश पनि भइसकेको छ । यसमा रणवीर कपूर, आलिया भट्ट, विक्की कौशलजस्ता कलाकार छन् । गत साता उनले आफूले भन्सालीको प्रोजेक्टमा काम गरेको जानकारी गराएकी थिइन् ।

एजेन्सी, काठमाडौं, 2025-03-28, शुक्रवार

भारतको पहिलो सुपरहिरो फिल्म ‘कृष’को अब चौंथो श्रृंखला निर्माण हुने भएको छ । बजेट जुटाउन समस्या भएपछि १२ वर्षदेखि बन्न नसकेको ‘कृष ४’मा यशराज कम्पनीले लगानी गर्ने भएपछि निर्माण प्रक्रिया अगाडि बढेको छ । अब फिल्मलाई यशराजका आदित्य चोपडा र राकेश रोशनले संयुक्त रुपमा निर्माण गर्नेछन् । यो फिल्मको बजेट भारु सात सय करोड अनुमान गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-03-28, शुक्रवार

अभिनेता हसनराजा खान ७ वर्षपछि फिल्म अभिनयमा फर्किएका छन् । हालै अमेरिकामा छायांकन भएको फिल्म ‘वन अफ दि मिलियन्स’बाट उनले कमब्याक गरेका हुन् । ‘अलबिदा’बाट अभिनय करिअर सुरु गरेका उनी पछिल्लो पटक आफ्नै निर्माणमा बनेको फिल्म ‘रोमियो’मा देखिएका थिए, जुन २०७४ सालमा प्रदर्शन भएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2025-03-28, शुक्रवार

यस वर्षको सुपरहिट फिल्म बनिसकेको ‘अञ्जिला’की मुख्य कलाकार तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा दर्शकसँग साक्षात्कार गर्न नेपाल आएकी छन् । व्यावसायिक फुटबल खेल्न ग्रिस पुगेकी उनी शुक्रबार बिहान काठमाडौं आइपुगेकी हुन् । उनलाई फिल्मका निर्देशक मिलन चाम्स र निर्माता प्रेमकुमार श्रेष्ठले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

Results : 1339 - 1344 of 23775
Most Visited News (monthly)