Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कवितामार्फत् नाजिरको अदालतमाथि प्रश्न

फिल्मीखबर, काठमाण्डौ, 2020/08/18
 
निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पुगेको छ । तर, अहिलेसम्म घटनाका दोषी पहिचान हुन सकेको छैन । निर्मलाको हत्यामा संलग्नलाई सजाय हुनुपर्ने माग गर्दै दुई वर्ष अगाडि राजधानीसहित विभिन्न शहरमा सरकारलाई दबाब दिनका लागि आन्दोलन चर्किएको थियो । तर, यो घटनालाई लिएर सरकार गम्भीर नभएपछि आन्दोलन पनि विस्तारै मथ्थर हुँदै गयो । 
 
निर्मलाको बलात्कारपछि हत्या भएको २ वर्षसम्म पनि दोषी पहिचान हुन नसकेको भन्दै गएको शुक्रवारबाट सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘डिजिटल आन्दोलन’ सुरु गरेका छन् । नेपालका शीर्ष नेता र प्रहरी प्रमुखको फेसबुक प्रोफाइलको तस्बिरमा हजारौं सामाजिक सञ्जाल प्रयोगकर्ताले निर्मलाको पक्षमा न्याय माग्दै ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर पोस्ट्याएका छन् ।
 
नेपाली कलाकारहरुले पनि निर्मलाको न्यायको माग गर्दै सामाजिक सञ्जालमार्फत् सरकारलाई दबाब दिइरहेका छन् । यसबीच, भर्सटायल अभिनेता नाजिर हुसेनले मंगलवार फेसबुकमा कविता वाचन गरेको एक भिडियो शेयर गर्दै २ वर्षसम्म पनि निर्मला पन्तले न्याय नपाउनुले अदालतमा न्याय मुर्तिको हातमा झुण्डिएको बाङ्गो तराजुले सिधा न्याय गर्न नसकेको बताएका छन् ।  
 

उनले कविताको शिर्षकलाई ‘हरियो प्रश्न’ नाम दिएका छन् । उनले वाचन गरेको कविताले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारको न्यायलयप्रति अडिएको आश र कोख रित्तिएको आमाको वेदना बोल्छ । अभिनेता हुसेनले भावुक मुद्रामा कविता वाचन गरेका छन् । कवितामा उनले मनछुने शब्द प्रयोग गरेका छन् भने अदालतले दिने न्यायमाथि प्रश्न उठाएका छन् । 
Most Visited News (monthly)