
‘भैरे’ फेम्ड निर्देशक एभरेष्ट सूर्य बोहराले ७२ घण्टामा २ घण्टा लामो फिल्म तयार पारेका छन् । कोरोना भाइरसको महामारीका कारण विगत ७ महिनादेखि फिल्म निर्माण तथा प्रदर्शन ठप्प रहेको परिस्थितिमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर निर्देशक बोहराले फिल्म तयार गरेका हुन् । बिहीवार निर्देशक बोहराको जन्मदिनमा फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

फोक्सोको क्यान्सरसँग जुधिरहेका बलिउड सुपरस्टार सञ्जय दत्तले चाँडै क्यान्सरलाई जितेर फर्किने विश्वास व्यक्त गरेका छन् । बिहीवार एक भिडियो सन्देशमार्फत् उनले यो हप्ता फिल्म ‘शमशेरा’ को डबिङ पूरा गरेर अर्को वर्षको नोभेम्बरबाट फिल्म ‘केजीएफ २’ को छायांकन सुरु गर्ने बताएका छन् । उनले गएको अगस्टमा फोक्सोमा क्यान्सर भएको थाहा पाएका थिए ।

नेपालको प्रतिष्ठित सुन्दरी प्रतियोगिता ‘मिस नेपाल’ लाई अभिनेत्री उत्पादन गर्ने कारखाना भन्ने गरिन्छ । किनकि, यो प्रतियोगिताले नेपाली फिल्म क्षेत्रलाई थुप्रै अभिनेत्री दिएको छ । रुवी राणा, झरना बज्रचार्य, मलिना जोशी, सृष्टि श्रेष्ठलगायतका ताजधारी ‘मिस नेपाल’ नेपाली फिल्मको सदस्य भइसकेका छन् । तर, ‘मिस नेपाल’ विजेताको फिल्म करिअर भने खासै सुखद देखिएको छैन ।

कोभिड १९ को संक्रमण रोकथामका लागि विगत सात महिनादेखि बन्द रहेको फिल्म क्षेत्र अझै खुल्न सकेको छैन । भीडभाड हुने अन्य क्षेत्र सञ्चालनमा आउँदा समेत फिल्म क्षेत्रमा लगाइएको प्रतिबन्ध फुकुवा भएको छैन । सरकार फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति दिन आलटाल गरिरहेको छ । निर्माताहरु भने सरकारले छायांकन अनुमति दिने आशमा फिल्म घोषणा गरिरहेका छन् ।

गएको चैतबाट सिनेमा हलमा नयाँ फिल्म प्रदर्शन भएका छैनन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि देशभरका सिनेमा हलमा ताल्चा लाग्यो । संक्रमितको संख्या बढिरहेका कारण दशैंअघि सिनेमा हल खुल्ने सम्भावना न्यून हुँदै गएको छ । जसले गर्दा सिनेमा हलका लागि बनाइएको फिल्म ‘लक्ष्मी पूजा’ अब टेलिभिजनमा रिलिज हुने भएको छ ।

कोभिड १९ का कारण सात महिनादेखि बन्द रहेका भारतका सिनेमा हल १५ अक्टोबर अर्थात् भोलीबाट सञ्चालनमा आउँदैछन् । कोरोना महामारीभन्दा अगाडि प्रदर्शनको तयारीमा रहेका ठूला फिल्म अहिले प्रदर्शनका लागि अगाडि नसरेपछि हल सञ्चालकहरु पुरानै फिल्म रि-रिलिज गर्न बाध्य भएका छन् । बिहीवारबाट भारतका सिनेमा हलमा पुराना सुपरहिट फिल्म रिलिज हुँदैछ ।

