Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

७२ घण्टा खिचेर निर्देशक बोहराले बनाए ‘श्री’

फिल्मीखबर, काठमाण्डौ, 2020/10/16
 
‘भैरे’ फेम्ड निर्देशक एभरेष्ट सूर्य बोहराले ७२ घण्टामा २ घण्टा लामो फिल्म तयार पारेका छन् । कोरोना भाइरसको महामारीका कारण विगत ७ महिनादेखि फिल्म निर्माण तथा प्रदर्शन ठप्प रहेको परिस्थितिमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर निर्देशक बोहराले फिल्म तयार गरेका हुन् । बिहीवार निर्देशक बोहराको जन्मदिनमा फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
 
फिल्मको पोस्टरमा सन्दिप क्षेत्री, रविन्द्र झा, बर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेललगायतका कलाकार फिचर छन् । बसुन्धरा भुसाल, भोलाराज सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीको पनि अभिनय रहेको फिल्मलाई श्री पराजुली र सविता गुरुङले निर्माण गरेका हुन् । 
 
एभरेष्ट सूर्य बोहरा फिल्मस्, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मको सह-निर्मातामा यम बराल, सूर्य सिम्खडा (साइराम), बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम रहेका छन् । कोरोना भाइरसका कारण सात महिनादेखि ठप्प रहेको फिल्म क्षेत्रलाई चलायनमान बनाउने उद्देश्यले ‘श्री’ निर्माण गरेको निर्देशक बोहराले जानकारी दिए । 
 
फिल्म निर्माणका साथै समाजसेवामा समेत सक्रिय निर्देशक बोहराले ‘श्री’ लाई समाजिक कार्यकै रुपमा लिएका छन् । फिल्मको कथा लेखनमा निर्देशक बोहरालाई शिवम् अधिकारीले सघाएका छन् । शेरबहादुर तामाङको छायांकन, सुजन बडालको सम्पादन र एलिस कार्कीको ब्याकराउण्ड स्कोर रहेको यो फिल्म हल खुल्नासाथ प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिमको रहेको छ ।
Most Visited News (monthly)