Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7567 - 7572 of 23769
फिल्मीखबर, काठमाण्डौ, 2020-10-20, मंगलवार

अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी आरएल शाहले पहिलो पटक ठूलो पर्दामा स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । गएको महिना उनीहरुले यो फिल्म साइन गरेका थिए । पल र साम्राज्ञीले पहिलो पटक अनस्क्रिन रोमान्स गर्न लागेका कारण फिल्मप्रति धेरैको चासो बढेको छ ।

फिल्मीखबर, काठमाडौं, 2020-10-20, मंगलवार

कोरोना भाइरसका कारण सात महिनादेखि ठप्प रहेको नेपाली फिल्म क्षेत्रलाई अझै सरकारले सञ्चालन अनुमति दिएको छैन । संक्रमणको उच्च जोखिममा पर्ने क्षेत्र भएकाले सरकार फिल्म क्षेत्रलाई सबैभन्दा अन्तिममा खोल्ने तयारीमा छ । तर, फिल्मकर्मीहरुले भने सरकारलाई चुनौती दिँदै फिल्म निर्माण गर्न थालेका छन् । अहिले केही फिल्मको छायांकन भइरहेको छ ।

एजेन्सी, मुम्बई, 2020-10-19, सोमवार

निर्देशक रोहित शेट्टीले अजय देवगनपछि सबैभन्दा बढी भरोसा गरेका अभिनेता हुन्, रणवीर सिंह । ‘सिम्बा’ र ‘सूर्यवंशी’ मा रणवीरसँग काम गरिसकेका रोहित शेट्टीले अब उनैलाई लिएर नयाँ फिल्म बनाउने भएका छन् । उनले तेस्रो पटक रणवीरसँग टिमअप गर्दैछन् । यो एक कमेडी फिल्म हुने बताइएको छ । रणवीर डबल रोलमा देखिने फिल्मको नाम ‘सर्कस’ राखिएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-10-19, सोमवार

पछिल्लो समय भकाभक सुपरहिट फिल्मको सिक्वेल निर्माण भइरहेको अवस्थामा गत वर्ष प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘छ माया छपक्कै’ को पनि सिक्वेल निर्माण हुने भएको छ । घरेलु बक्सअफिसमा १४ करोड ग्रस कलेक्सन गरेको फिल्मको सिक्वेलको अहिले स्क्रिप्टमा काम भइरहेको निर्माता रोहित अधिकारीले जानकारी दिए । फिल्मको निर्माण भने तत्काल नहुने उनले बताए ।

फिल्मीखबर, काठमाडौं, 2020-10-19, सोमवार

नेपाली फिल्ममा करिश्मा मानन्धर जति सफल अभिनेत्री सम्भवतः अरु छैनन् । ९० को दशकमा उनी निर्विकल्प अभिनेत्री झैँ थिइन् । उनको अनुहार पोस्टरमा राखे फिल्म सफल हुने विश्वास निर्माता तथा निर्देशकमा थियो । २०४२ सालमा बनेको फिल्म ‘सन्तान’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले हिन्दी फिल्म ‘दंगा फसाद’ मा समेत आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-10-19, सोमवार

हास्य कलाकार तथा निर्देशक शिवहरी पौड्याललाई मातृशोक परेको छ । उनकी आमाको सय वर्षको उमेरमा आइतवार निधन भएको छ । १९७७ फागुनमा जन्मिएकी शिवहरीकी आमाको हेटौंडामा आइतबार बेलुकी ११ बजेर ९ मिनेटमा निधन भएको हो । शिवहरीले सय वर्षसम्म परिवारलाई संरक्षण दिएकी आमालाई बचाउन नसकेको भन्दै फेसबुकमार्फत् माफी मागेका छन् ।

Results : 7567 - 7572 of 23769
Most Visited News (monthly)