Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दशैंको मुखमा ‘चोर र पुलिस’ को छायांकन सुरु

फिल्मीखबर, काठमाडौं, 2020/10/20
 
कोरोना भाइरसका कारण सात महिनादेखि ठप्प रहेको नेपाली फिल्म क्षेत्रलाई अझै सरकारले सञ्चालन अनुमति दिएको छैन । संक्रमणको उच्च जोखिममा पर्ने क्षेत्र भएकाले सरकार फिल्म क्षेत्रलाई सबैभन्दा अन्तिममा खोल्ने तयारीमा छ । तर, फिल्मकर्मीहरुले भने सरकारलाई चुनौती दिँदै फिल्म निर्माण गर्न थालेका छन् । अहिले केही फिल्मको छायांकन भइरहेको छ ।
 
यसबीच, आइतवारबाट फिल्म ‘चोर र पुलिस’ को पनि छायांकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्ने फिल्मको दोलखाको कालिन्चोकबाट छायांकन सुरु भएको हो । काठमाडौंबाट हेलिकोप्टर चार्टर गरेर कालिन्चोक पुगेको निर्माण युनिटले फिल्मको ‘कुन देश कि परी’ बोलको गीतबाट छायांकन सुरु गरेको हो । गीतको छायांकन कालिन्चोक आसपासमा गरिनेछ । 
 
दोलखा, सिन्धुपाल्चोकसँग जोडिएको मुडे, चरिकोट, कुलेखानी, हेटौडा, पोखरा र काठमाडौं लगायतका स्थानमा छायांकन हुने फिल्ममा कविता राय, आरएल लामा, बुद्धि तामाङ, सुलेमान शंकर ‘इकु’, जयनन्द लामा, धिरन शाक्य, कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरविर पण्डित, कविता राय, बालबलाकारमा अर्नव बिष्ट, कौसल राईलगायतको अभिनय रहनेछ । 
 
आरएल फिल्म इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मका प्रस्तुतकर्ता खड्ग लामा मोक्तान, निर्माता सोनाम मोक्तान र लङ्कामाया मोक्तान हुन् । फिल्ममा विकास चौधरीको संगीत, दिनेश पाख्रिनको, अजय स्याङ्तान, अर्जुन भुषालको नृत्य, राजु किरतीको द्न्द्व र रामेश्वर हुमागाईको छायांकन रहनेछ । फिल्मका रमेश खत्री, करणबहादुर बिष्ट, शेखर लामा सह-निर्माता रहेका छन् । 
Most Visited News (monthly)