Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षाले धम्पुसबाट सुरु गरिन् ‘बाकस’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2026/10/27

bakas movie (1)

 

काठमाडौं । नवीन पन्तको निर्देशनमा बन्न लागेको फिल्म ‘बाकस’को छायांकन सुरु भएको छ । सोमबार कास्की जिल्लाको पर्यटकीय गाउँ धम्पुसमा ३९औँ सिनबाट फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मका लागि पहिलो शट अभिनेत्री वर्षा राउतले दिइन् । धम्पुसमा करिब एक महिना फिल्मको छायांकन हुने जनाइएको छ । 

पीके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा वर्षासहित विपना थापा, महेश त्रिपाठी, भोलाराज सापकोटा, हिउँवाला गौतम, धुव्र गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ, विमल यादव, सुपला सापकोटा, सनाज चौलागाईं, अविरल चौलागाईं, रेखा भण्डारीलगायतको अभिनय रहनेछ । फिल्ममा वर्षा र महेश जोडीको रूपमा प्रस्तुत हुनेछन् ।

सुजिता चौलागाईं निर्माता रहेको फिल्ममा राजन सिंह केसी र छत्र बहादुर खड्का सह-निर्मातामा छन् । कार्यकारी निर्माता धर्मेन्द्र पन्त हुन् । निर्देशक पन्त स्वयंको लेखन रहेको फिल्ममा महेश पौडेलको डीओपी (छायांकन), दीपक शर्मा र सनम पुरुष राईको संगीत, सियोन श्रेष्ठको कोरियोग्राफी तथा किरण दाहालको द्वन्द्व निर्देशन रहनेछ ।