Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीति बनिन् नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

फिल्मीखबर, काठमाडौं, 2026/09/10

niti shah

 

पूर्वमिस नेपाल इन्टरनेशनल तथा अभिनेत्री नीति शाहको फिल्मसँगै ब्रान्ड प्रवर्द्धनमा पनि माग बढ्दो छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डसँग आबद्ध रहेकी उनी अब नेपालको अग्रणी दूरसञ्चार कम्पनी नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । उनलाई टेलिकमले बिहीबार मनोरञ्जन क्षेत्रतर्फको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । 

अब नीतिले स्वदेश तथा विदेशमा रहेका नेपाली ग्राहकमाझ नेपाल टेलिकमका विभिन्न सेवा–सुविधाको प्रचारप्रसार गर्नेछिन् । कम्पनीको ब्रान्ड प्रवर्द्धनसँग सम्बन्धित गतिविधिमा समेत उनको सहभागिता रहनेछ । नीतिसँगको सहकार्यले युवापुस्तासहित आम ग्राहकसँग कम्पनीको सम्बन्ध थप बलियो हुने टेलिकमको विश्वास छ ।

ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि नीतिले देशको ठूलो दूरसञ्चार संस्थासँग जोडिन पाउँदा आफू उत्साहित रहेको बताइन् । उनले टेलिकमको प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै कम्पनीका सेवा र सुविधाबारे ग्राहकमाझ सकारात्मक सन्देश पुर्‍याउने बताइन् । उनले नेपाल टेलिकमसँगको सहकार्य आफ्ना लागि महत्त्वपूर्ण अवसर रहेको समेत बताएकी छन् ।

२०८१ सालमा प्रदर्शन भएको फिल्म ‘खबुरे ब्रो’बाट अभिनय करिअर सुरु गरेकी नीतिले दुई वर्षमा आधा दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । उनको व्यावसायिक रूपमा सफल फिल्म भने ‘मोहर’ हो । यस वर्षका लागि उनको पहिलो फिल्म ‘जदौ’ असोज ९ गते प्रदर्शनमा आउँदैछ । यसै वर्ष उनको अर्को फिल्म ‘माया भनेकै यस्तो होला’ पनि प्रदर्शन हुँदैछ ।