Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दृश्यम : द कन्क्लूजन’को ट्रेलरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2026/09/09

drishyam 3

 

अभिनेता अजय देवगनको मुख्य भूमिका रहेको फिल्म ‘दृश्यम : द कन्क्लूजन’ (दृश्यम ३)को ट्रेलर सार्वजनिक भएको छ । २ अक्टोबर (१६ असोज)मा प्रदर्शन हुने फिल्मको ट्रेलरमा अजय विजय सालगांवकरका रूपमा एकपटक फेरि आफ्नो परिवारलाई बचाउने कोसिस गरिरहेको देखिएका छन् । तर, यसपटक प्रहरीसँग उनको टकराव अझ पेचिलो बनेको छ ।

आईजी तब्बू (मीरा देशमुख)ले छोराको हत्याको बदला लिने अठोट गरेपछि एसपी जयदीप अहलावतले विजयविरुद्ध अनुसन्धान मजबुत बनाएको ट्रेलरमा देख्न सकिन्छ । विजयले पनि परिवार बचाउन जोखिमपूर्ण निर्णय लिएको ट्रेलरका केही दृश्यले संकेत गर्छन् । वकिलको भूमिकामा प्रकाश राजको इन्ट्रीले ट्रेलरलाई थप रोचक बनाएको छ । 

बुधबार मुम्बईमा आयोजित ट्रेलर रिलिज कार्यक्रममा अजयले मलयालम भाषाको ‘दृश्यम ३’भन्दा हिन्दी भर्सन फरक रहेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘म चाहन्छु कि मोहनलाल र ‘दृश्यम’को ओरिजिनल टिमले यो फिल्म अवश्य हेरून् । यदि उहाँहरूलाई मन पर्‍यो भने मलाई निकै खुसी लाग्नेछ ।’ उनका अनुसार ‘दृश्यम ३’को स्क्रिप्ट अहिलेसम्मकै उत्कृष्ट छ । 

अभिषेक पाठकको कथा तथा निर्देशनमा बनेको यस फिल्ममा अजयकी श्रीमतीको भूमिकामा श्रिया सरन छिन् भने छोरीको भूमिका इशिता दत्ता (अञ्जु) र मृणाल जाधव (अनु)ले निर्वाह गरेका छन् । ‘दृश्यम’का अघिल्ला दुई श्रृंखलाले भारतीय बक्स अफिसमा ठूलो व्यापार गरेका कारण तेस्रो भागलाई प्रदर्शन अगावै ‘स्योर सट’ हिट भन्न थालिएको छ ।