Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘टक्सिक’को कमाइमा लगातार गिरावट, भारतमा ५ सय करोड पुग्ला ?

फिल्मीखबर, काठमाडौं, 2026/08/30

Toxic: A Fairytale For Grown-Ups' Shifts To June Release

 

साउथ सुपरस्टार यश अभिनीत फिल्म ‘टक्सिक : अ फेयरी टेल फर ग्रोन-अप्स’ एक साता पनि नबित्दै बक्स अफिसमा कमजोर देखिन थालेको छ । दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया नपाउँदा फिल्मको व्यापारमा भारी गिरावट आइरहेको छ । दोस्रो दिनमै फिल्मको कमाइमा ६२.८ प्रतिशत गिरावट आएको थियो । त्यसयता पनि फिल्मको कमाइ निरन्तर घटिरहेको छ । 

भारतमा १०१.१० करोडको धमाकेदार ओपनिङ गरेको फिल्मले दोस्रो दिन (बिहीबार) ३७ करोड ६५ लाख कमाइ गर्‍यो । तेस्रो दिन (शुक्रबार) २७ करोड २० लाखमा सीमित भएको फिल्मले चौथो दिन (शनिबार) २५ करोड १५ लाख कमाइ गरेको ट्रेड पोर्टल स्याकनिल्कले जनाएको छ । योसँगै भारतमा फिल्मको कमाइ २२८ करोड २५ लाख ग्रस (१९१ करोड १० लाख नेट) पुगेको छ । 

फिल्मको कमाइ हिन्दी भर्सनसँगै यशको क्षेत्र मानिने आन्ध्र प्रदेश, तेलंगाना, तमिलनाडु र केरलम (केरल)मा समेत लगातार घटिरहेको दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ । हिन्दी, तेलुगु र कन्नडबाहेक अन्य भाषामा फिल्मको कमाइ लाखमा झरिसकेको छ । शुक्रबार र शनिबार मलयालम र तमिल भाषामा फिल्मले एक करोड पनि कमाउन सकेन ।

दिनप्रतिदिन फिल्मको कमाइमा आएको गिरावट हेर्दा भारतमा अब बढीमा डेढ सय करोडको व्यापार हुने देखिन्छ । त्यो हुँदा फिल्मको व्यापार ४ सय करोड हाराहारी पुग्नेछ । फिल्मको लागत नै भारु ५ सय करोड रहेकाले हलको व्यापारबाट निर्मातालाई ठूलो घाटा देखिन्छ । यद्यपि, प्रदर्शनअघि नै ओटीटी र टिभी राइट्सबाट निर्माताको हातमा २३५ करोड परिसकेको छ । 

सन् २०१३ मा प्रदर्शन भएको ‘लायर्स डाइस’बाट निर्देशन विधामा राष्ट्रिय अवार्ड जितेकी गीतू मोहनदासको निर्देशनमा बनेको यस फिल्ममा यशसहित नयनतारा, कियारा आडवाणी, तारा सुतारिया, हुमा कुरैशी र रुक्मिणी वसन्तको मुख्य भूमिका रहेको छ । फिल्ममा यश दोहोरो भूमिकामा छन् । यो फिल्मका लागि उनले करिब चार वर्ष समय दिएका थिए ।