Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थुनामा पठाउने आदेशविरुद्ध पलले दिए उच्च अदालतमा निवेदन

फिल्मीखबर, काठमाडौं, 2022/03/29
पल शाहलाई थुनामा पठाउन अदालतको आदेश
 
१७ वर्षिय नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पुर्पक्ष थुनामा रहेका अभिनेता पल शाहले जिल्ला अदालत, तनहुँको आदेशविरुद्ध उच्च अदालत, पोखरामा पुनरावेदन निवेदन दिएका छन् । शाहका कानुनी सहयोगीले मंगलवार दिउँसो जिल्ला अदालतको फैसलाविरुद्ध तारेखमा थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दर्ता गराएका हुन् । 
 
दुई दिनसम्म जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत, तनहुँले शाहलाई थुनामा राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको थियो । नाबालिगलाई विवाह गर्छु भनी प्रलोभन देखाएर जबर्जस्ती करणी गरेको देखिन आएको भन्दै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । अहिले पल दमौली कारागारमा छन् । 
 
शाहका कानुन व्यवसायी भानुभक्त सुवेदीले तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेशविरुद्ध तारिखमा रिहाइ गरेर मुद्दा लड्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन गरिएको जानकारी दिए । जबर्जस्ती करणीको मुद्धामा थुनामा राखेर, साधारण तारिखमा रिहा गरेर वा धरौटीमा छाडेर अनुसन्धान गर्न अदालतले आदेश दिन सक्ने व्यवस्था छ । 
 
नाबालिगले गत फागुन ११ गते शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा उजुरी दिएकी थिइन् । यसको चार दिनपछि अर्थात् शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेको दिन ती नाबालिगले पूर्वी नवलपरासीको प्रहरी कार्यलयमा पनि जाहेरी दिएकी थिइन् । शाहसँग तनहुँ प्रहरीले २१ दिन र नवलपरासी प्रहरीले ७ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । 
Most Visited News (monthly)