Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

ट्रेलरले बढाएको ‘ए मेरो हजुर ४’ प्रति अपेक्षा

फिल्मीखबर, काठमाडौं, 2022/03/28
ब्रान्ड सिरिज ‘ए मेरो हजुर’को चौंथो श्रृंखला आउँदो बैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्मभित्रका कन्टेन्ट ‘ब्याक टू ब्याक’ सार्वजनिक गरिरहेको छ । टिजर र दुई गीतलाई दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रियापछि गत साता ट्रेलर सार्वजनिक गरियो । ४ मिनेट ८ सेकेन्डको ट्रेलरले भने फिल्मप्रति अपेक्षाको चाङ चुल्याएको छ । 
 
पूर्ण कमर्शियल रुपमा तयार पारिएको फिल्मको ट्रेलर ‘प्याकेज’को बनेको छ । ट्रेलरमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको प्रेममा आउने उचार-चढावलाई प्रस्तुत गरिएको छ, जसमा जोडिएका प्रेमिल र वियोगान्त संवादलाई युवापुस्ताले मन पराएका छन् । अनमोलको रोमान्टिक अवतार र सुहानाको बुलन्द अभिनयले फिल्मप्रति दर्शकको अपेक्षा र कौतुहलता बढाउँछ ।
 
anmol kc and suhana thapa
 
गत विहीवार सार्वजनिक भएको ट्रेलरलाई ९ लाख बढीले हेरिसकेका छन् भने तीन हजारभन्दा बढी कमेन्ट प्राप्त छ । कमेन्टमा अधिकांशले प्रशंसामा शब्द खर्चिएका छन् । कतिले अनमोलको अभिनयमा सुधार भएकोमा खुसी व्यक्त गरेका छन् भने कतिले नेपाली फिल्मले मेकिङमा फड्को मारेको प्रतिक्रिया जनाएका छन् । ट्रेलरले विशेषगरी युवापुस्तालाई आकर्षित गरेको देखिन्छ ।
 
हलसम्म दर्शक तान्नका लागि ट्रेलरको महत्त्वपूर्ण हात रहन्छ । त्यसमाथि साउथ फिल्म ‘केजीएफ २’ सँग भिड्न लागेकाले ‘ए मेरो हजुर ४’ को ट्रेलर बलियो हुन आवश्यक थियो । यी कुरालाई मध्यनजर गरेरै निर्माण टिमले ट्रेलर तयार पारेको छ, जसले साउथ फिल्मसँग टक्कर गर्न सक्ने ल्याकत देखाउँछ । अब ट्रेलरले बढाएको अपेक्षा पूरा गर्नुपर्ने चुनौतीको पहाड निर्माण टिममाथि छ ।
 
झरना थापाको निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारहरुको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा मित्र डि. गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको कथा झरना थापा र स्वर्गीय छेतन गुरुङले मिलेर लेखेका हुन् ।
 

Most Visited News (monthly)