Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भोजपुरी फिल्म ‘रण’मा नेपालका नरेन भिलेन

फिल्मीखबर, काठमाडौं, 2022/03/28
छिमेकी मुलुक भारतको क्षेत्रिय भाषाको भोजपुरी फिल्म इन्डस्ट्रीमा नेपाली कलाकारहरुको उपस्थिति बाक्लिँदै गएको छ । कुनै बेला अभिनेता विराज भट्टले हैकम जमाएको भोजपुरी फिल्ममा धेरै नेपाली कलाकारदेखि प्राविधिकसम्मले काम गरिसकेका छन् । यस्तैमा, फिल्म ‘हमेशा’बाट अभिनेताको रुपमा डेब्यू गरेका नरेन खड्काले पनि भोजपुरी फिल्म ‘रण’मा अभिनय गरेका छन् । 
 
Naren Khadka
 
सोमवार उक्त फिल्मको ट्रेलर सार्वजनिक भएको छ । ‘एक्सन प्याक्ड’ ट्रेलरमा नरेनले ‘पर्याप्त स्क्रिन’ स्पेश पाएका छन् । भिलेनको भूमिकामा प्रस्तुत भएका उनको लुक्सले ध्यान खिच्छ । भोजपुरी अभिनेता आनन्द ओझासँग जबर्जस्त एक्सन गर्दै देखिएका उनको अभिनय पनि ट्रेलरमा दमदार देखिन्छ । उनले आफ्नो फिल्मी करिअरमा पहिलो पटक भिलेनको भूमिकामा अभिनय गरेका हुन् ।
 
फिल्ममा निर्वाहा गरेको भूमिकाबारे नरेन भन्छन्, ‘नकारात्मक भूमिकामा अभिनय गरेको यो मेरो पहिलो अनुभव हो । भूमिका दमदार लागेपछि काम गर्न राजी भएको थिएँ । कलाकार भएपछि हरेक खालको भूमिकामा आफूलाई प्रस्तुत गर्नुपर्छ भन्ने लागेर यसपटक भिलेनको भूमिकामा अभिनय गर्ने चुनौती मोलेको हुँ ।’ उनी ‘रण’ले आफूलाई भोजपुरीमा स्थापित गर्नेमा विश्वस्त छन् ।
 
यो फिल्मलाई नेपाली फिल्मका द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्ममा उनकै कथा र द्वन्द्व निर्देशन रहेको छ । फिल्मको ट्रेलर हेर्दा उनले भोजपुरीलाई एक्सनमा नयाँ स्वाद पस्किने छनक देखाएका छन् । उनले ‘निरहुआ चलल लण्डन’ नामक भोजपुरी फिल्मबाट निर्देशनमा डेब्यू गरेका थिए । अब चन्द्र ‘ह्रस्व दीर्घ’बाट नेपाली फिल्म निर्देशनमा डेब्यू गर्ने तयारीमा छन् ।
 
‘रण’मा नरेन र आनन्दका अलावा काजल रागवानी, सिपी भट्ट, मनोज टाइगर,, देव सिंह, अरुण कुमार मिश्र लगायतको अभिनय छ । फिल्मलाई नेपालका अर्जुन जिसीले सम्पादन गरेका हुन् भने साहिल खानले ट्रेलर काटेका हुन् । अरुण कुमार मिश्रले निर्माण गरेको फिल्मको गीतहरुमा भोजपुरीबाट कानु मुखर्जी र नेपालबाट गम्भीर विष्ट र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।
 

Most Visited News (monthly)