Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ओस्कार अवार्डमा ‘कोडा’ बन्यो उत्कृष्ट फिल्म

एजेन्सी, अमेरिका, 2022/03/28
CODA' Star Troy Kotsur Shares Inspiring Message after Oscar Win
 
सोमवार क्यालिफोर्नियास्थित लस-एन्जल्सको डल्बी थिएटरमा भएको विश्वकै प्रतिष्ठित फिल्म अवार्ड ओस्कारमा ‘किङ रिचर्ड’ बाट विल स्मिथ र ‘द आइज अफ ट्यामी फेइ’ बाट जेसिका चेस्टेइन उत्कृष्ट अभिनेता र अभिनेत्री घोषित भएका छन् । त्यस्तै, ‘कोडा’ ले बेष्ट फिल्मको अवार्ड जित्न सफल हुँदा ‘द पावर अफ द डग’ बाट जेनी क्याम्पियनले सर्वोत्कृष्ट निर्देशकको अवार्ड उचालिन् । 
 
फिल्म ‘ड्युन’ले ध्वनी, छायांकन, प्रोडक्सन डिजाइन, भिजुअल इफेक्ट, सम्पादन, ओरजिनल स्कोर गरी सर्वाधिक ६ विधामा अवार्ड जितेको छ । पपुलर भोटिङको आधारमा ‘फ्यान फेवरेट’ विधामा ज्याक स्नाइडरको ‘आर्मी अफ दी डेड’ सर्वोत्कृष्ट बन्यो । ट्वीटरमार्फत यो विधामा भोटिङ भएको थियो । त्यस्तै, अन्तर्राष्ट्रिय फिचर विधामा ‘ड्राइभ माइ कार’ उत्कृष्ट बन्न सफल भएको छ ।
 
Will Smith
 
कोरोना महामारीपछि रेड कार्पेटसहित भौतिक रुपमा आयोजना भएको ९४औं ओस्कार अवार्ड समारोह केही समय तनावग्रस्थ समेत बनेको थियो । कार्यक्रमको होस्ट रहेका क्रिस रकले विल स्मिथकी श्रीमती जाडा पिन्केटको मजाक उडाएपछि विलले स्टेज चढेर क्रिसलाई थप्पड हानेका थिए । विल स्मिथले आफ्नो करिअरमा पहिलो पटक अस्कार अवार्ड जित्न सफल भएका हुन् ।
 
ओस्कार अवार्ड विजेताको सूची :-
 
फिल्म : कोडा
 
निर्देशक : जेनी क्याम्पियन (द पावर अफ द डग)
 
अभिनेत्री : जेसिका चेस्टेइन (द आइज अफ ट्यामी फेइ)
 
अभिनेता : विल स्मिथ (किङ रिचर्ड)
 
सह-अभिनेत्री : एरियाना डिबोस (द वेस्ट साइड स्टोरी)
 
सह-अभिनेता : ट्रोइ कोत्सर (कोडा)
 
सम्पादन : ड्युन (जोए वाकर)
 
Oscar 2022 winners revealed as Will Smith, CODA and more win
 
मेकअप एन्ड हेयरस्टाइलिङ : द आइज अफ ट्याम्मी फे
 
एनिमेटेड फिचर : एनकान्टो
 
डकुमेन्ट्री फिचर : समर अफ सउल
 
डकुमेन्ट्री सर्ट : द क्वीन अफ बास्केटबल
 
ओरजिनल सङ : नो टाइम टु डाइ (बिल्ली एलिस र फिनेस ओ कनेल)
 
छायांकन : ड्युन (ग्रेड फेइजर)
 
अन्तर्राष्ट्रिय फिचर : ड्राइभ माइ कार (जापान)
 
प्रोडक्सन डिजाइन : ड्युन
 
भिजुअल इफेक्ट :मनो ड्युन
 
कस्ट्युम डिजाइन : क्रुएला (जेन्नी विभान)
 
ध्वनी : ड्युन
 
Oscars 2022: The Full List of Winners - CNET
 
ओरजिनल स्कोर : ड्युन (हान्स जिमर)
 
एडप्टेड स्क्रिननप्ले : सायन हेडेर (कोडा)
 
ओरजिनल स्क्रिननप्ले : केनेथ ब्रानग (बेलफास्ट)
 
एनिमेटेड सर्ट : द वाइन्डसिड वाइपर
 
लाइभ एक्सन सर्ट : द लङ गुडबाइ
Most Visited News (monthly)