Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयो ‘केजीएफ २’को धमाकेदार ट्रेलर

एजेन्सी, मुम्बई, 2022/03/27
KGF Chapter
 
साउथ फिल्म ‘आरआरआर’पछि भारतमा यदी कुनै फिल्मको सर्वाधिक प्रतिक्षा भइरहेको छ भने त्यो ‘केजीएफ : च्याप्टर २’ हो । यसको पहिलो श्रृंखलाले बक्सअफिसमा उछाल ल्याएको थियो । अब दोस्रो पार्ट (सिक्वेल) तुफान ल्याउने तयारीमा छ । आइतवार सार्वजनिक भएको ट्रेलरले फिल्मलाई थप प्रतिक्षीत बनाएको छ । २ मिनेट ५७ सेकेन्ड लम्बाईको ट्रेलर ‘पावर प्याक्ड’ बनेको छ । 
 
साउथ सुपरस्टार यशको एक्सन, स्टाइल, डाइलग र अभिनयले ट्रेलरबाट आँखा हट्न दिँदैन । भव्य सेट, जबर्जस्त ब्याकग्राउन्ड म्यूजिक, उत्कृष्ट भिएफएक्स र उम्दा सिनेम्याट्रोग्राफीले ट्रेलरलाई दमदार बनाएको छ । अभिनेता सञ्जय दत्तको लुक्स ट्रेलरको अर्को सशक्त पक्ष हो । ट्रेलर हेर्दा नकारात्मक भूमिकामा ‘केजीएफ : च्याप्टर २’ उनको करिअरकै उत्कृष्ट फिल्म मान्न सकिन्छ । 
 
ट्रेलरमा अभिनेत्री रवीना टन्डनको उपस्थिति पनि वजनदार छ । त्यस्तै, ट्रेलरमा श्रीनिधि शेट्टी, प्रकाश राज र मालविका अविनाश पनि अटाएका छन् । यसपटक फिल्मको कहानी रकी र अधीराबीचको युद्धमा घुम्नेछ । आइतवार बेंगलुरुमा एक कार्यक्रमका बीच पाँच भाषामा एकसाथ सार्वजनिक गरिएको फिल्मको हिन्दी भर्सनको ट्रेलर अभिनेता फरहान अख्तरले सार्वजनिक गरेका हुन् ।
 
कन्नड, तेलुगु, हिन्दी, तमिल र मलयालम भाषामा निर्माण भएको फिल्म १४ अप्रिलबाट प्रदर्शन हुँदैछ । प्रशान्त नीलद्वारा लिखित तथा निर्देशित फिल्म भारतमा ६ हजार स्क्रिनमा रिलिज हुनेछ । होम्बले फिल्म्सको ब्यानरमा विजय किरागन्दूरले निर्माण गरेको फिल्मलाई उत्तर भारतीय बजारमा रितेश सिधवानी र फरहान अख्तरको एक्सेल इन्टरटेनमेन्ट र एए फिल्म्सले प्रस्तुत गरेको छ ।
 

Most Visited News (monthly)