Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हेल्लो जिन्दगी’को ‘झुम्के बुलाकी’ गीतमा बलिउडका विष्णुको कोरियोग्राफी

फिल्मीखबर, काठमाडौं, 2022/03/27
पछिल्लो समय नेपाली फिल्ममा भारतीय टिमको संलग्नता बढिरहेको छ । यसैक्रममा, चैत १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हेल्लो जिन्दगी’को गीतमा बलिउडका विष्णु देवाले कोरियोग्राफी गरेका छन् । ‘रामलीला’, ‘दबंग २’, ‘एक्सन ज्याक्सन’, ‘बडिगार्ड’ जस्ता फिल्मका गीतमा कोरियोग्राफी गरिसकेका उनले ‘हेल्लो जिन्दगी’को सम्पूर्ण गीतमा कोरियोग्राफी गरेका छन् ।
 
उनको कोरियोग्राफी र सम्पादन रहेको फिल्मको नयाँ गीत ‘झुम्के बुलाकी’ सार्वजनिक भएको छ । आइतवार सार्वजनिक भएको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने गायक सिवाकोटीको शब्द तथा संगीत छ । बेलायतमा छायांकन भएको गीतको भिडियोमा फिल्मका नायक विक्रम डि जोशी र मोडल विभिया श्रेष्ठका साथै विदेशी कलाकारहरुको अभिनय छ । 
 
Bikram D
 
अरुण प्रसाद अल्बर्टले छायांकन गरेको भिडियोमा कलाकारहरु नेपाली भेषभुषामा प्रस्तुत छन् । तर, बलिउडका कोरियोग्राफरले निर्देशन गरेको गीतको भिडियोमा कोरियोग्राफी पक्ष नै कमजोर देखिन्छ । नायक विक्रम डि जोशीलाई कोरियोग्राफरले जबर्जस्ती नचाएको भान हुन्छ । बेलायत र नेपालमा छायांकन भएको यो फिल्मलाई एभरेष्ट सूर्य बोहराले निर्माण तथा निर्देशन गरेका हुन् ।
 
निर्देशक बोहराकै लेखन रहेको फिल्ममा विक्रमका अलावा दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्तलगायतका कलाकारहरुको अभिनय रहेको छ । वास्तविक घटनाबाट प्रभावित भनिएको फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको हो । 
 
नायक समेत रहेका विक्रम डि जोशी फिल्मको निर्मातामा छन् भने हिराल जोशीले निर्माणमा साथ दिएकी छन् । त्यस्तै, कार्यकारी निर्मातामा सृजना जोशी महर्जन र सह-निर्मात्रीमा सबिता गुरुङ छिन् । फिल्मको कथा लेखनमा निर्देशक बोहरालाई विक्रमले सघाएका छन् । पटकथा तथा संवाद भने बोहरा र अभिमन्यु निरवीले लेखेका हुन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
 

Most Visited News (monthly)