Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भदौ ३१ मा तीन फिल्म भिड्न तयार

फिल्मीखबर, काठमाडौं, 2022/03/27
कोरोना महामारीका कारण पटक-पटक सिनेमा हल बन्द हुँदा दुई वर्षसम्म तीन दर्जनभन्दा बढी फिल्म रिलिज हुन नपाएर थन्किए । महामारीकै समयमा अर्को एक दर्जन बढी फिल्म निर्माण भए र अहिले पनि फिल्म निर्माणको क्रम रोकिएको छैन । जसले गर्दा आउँदो वर्ष नेपाली फिल्मले सोलो रिलिज पाउने सम्भावना कम हुँदै आएको छ । अब नेपाली फिल्मबीच नै भिडन्त हुने देखिन्छ । 
 
२०७९ सालको भदौ अन्तिममा तीन नेपाली फिल्म भिड्ने निश्चित भएको छ । सबैभन्दा पहिला फिल्म ‘बाबरी’ले भदौ ३१ गतेको मिति घोषणा गरेको थियो । अघिल्लो साता फिल्म ‘लाखे’ले पनि यही मितिलाई प्रदर्शन मिति घोषणा गर्‍यो । अब यही मितिमा अर्को फिल्म ‘झिंगेदाउ’ पनि प्रदर्शनमा आउने भएको छ । हालै निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकेको हो ।
 
keki and anchal
 
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्मको सार्वजनिक पोस्टरमा अभिनेत्री द्वय केकी अधिकारी र आँचल शर्माको साथै अभिनेता द्वय मुकुन भुषाल र कुशल विष्ट फिचर्ड छन् । कसैलाई झम्टिन खोजेका कुशललाई मुकुनले पक्डेर बसेका छन् भने केकी र आँचल ‘तँ त र म म’ गर्दै चर्काचर्की गरेको भावभंगीमा देखिएका छन् । फिल्ममा उनीहरु देवरानी र जेठानीको भूमिकामा छन् ।
 
कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्म भिमनिधि तिवारीको चर्चित कथा ‘झिंगेदाउ’मा आधारित भएर निर्माण भएको हो । प्रदीप भारद्वाजको पटकथा तथा संवाद रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन र मित्र डि गुरुङले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । फिल्ममा सुलभ, समिक्षा र सुशिल निर्माताको रुपमा छन् ।
Most Visited News (monthly)