Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छोरीको पिता बने खगेन्द्र लामिछाने

फिल्मीखबर, काठमाडौं, 2021/08/18
 
अभिनेता खगेन्द्र लामिछाने छोरीको पिता बनेका छन् । बुधवार विहान उनकी श्रीमती रोजिना सिटौलाले छोरीलाई जन्म दिएकी हुन् । खगेन्द्रले सामाजिक सञ्जालमा छोरीको एक तस्विर पोस्ट गर्दै आफू पिता बनेकोमा खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘यो दुनियाँमा स्वागत छ छोरी ।’ सामाजिक सञ्जालमा खगेन्द्र र रोजिनालाई बुबा-आमा बनेकोमा बधाई दिनेको ओइरो लागेको छ ।
 
रोजिना सिटौला नेपाली फिल्मकी निर्मात्री समेत हुन् । उनी फिल्म ‘पशुपति प्रसाद’ र ‘धनपति’ मा निर्माताको रुपमा थिइन् । त्यस्तै, खगेन्द्रको डेब्यू निर्देशित फिल्म ‘पानी फोटो’ मा पनि उनी निर्मातामा छिन् । उनले श्रीमानलाई फिल्म निर्माणमा साथ दिँदै आएकी छन् । खगेन्द्रले पनि आफूलाई अभिनयमा प्रमाणित गरिसकेका छन् । ‘पशुपति प्रसाद’ उनको करिअरकै उत्कृष्ट फिल्म मानिन्छ ।
 

Most Visited News (monthly)