Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

सहाराको ‘दर्पण छायाँ २’ नै पहिलो र अन्तिम फिल्म हो ?

फिल्मीखबर, काठमाडौं, 2021/08/17
 
हिट फिल्मको सिक्वेलमा काम गरेपछि कलाकारलाई के विश्वास हुन्छ भने सफलता पक्का हो । तर, सबै हिट फिल्मको सिक्वेल हिट नै हुन्छ भन्ने ग्यारेन्टी हुन्न । ‘दर्पण छायाँ’ को सिक्वेल यसको उदाहरण हो । २ दशक अगाडिको ब्लकबस्टर फिल्मको नाम सापटी लिएर निर्देशक तुलसी घिमिरेले 'पार्ट टू' बनाए । तर, फिल्मले भित्तामा टाँस्न बनाइएको पोस्टरको पैसा समेत उठाएन ।
 
‘दर्पण छायाँ २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्दैगर्दा सहारा कार्कीलाई सफलता आफ्नै पोल्टामा हो भन्ने लागेको थियो । अभिनेत्री निरुता सिंहझैँ आफू पनि दर्शकको मनमा बस्न सफल हुनेमा उनी विश्वस्त थिइन् । तर, नतिजा उनले सोचेभन्दा विपरित आयो । उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । उनको अभिनय दर्शक र समीक्षकले रुचाए पनि फिल्मको असफलताले त्यसलाई छोप्यो । 
 
अभिनेत्री बन्न अमेरिकाबाट नेपाल आएकी उनी पहिलो फिल्म असफल भएपछि पुनः अमेरिका फर्किइन् । त्यसपछि उनले नेपाल फर्किएर नयाँ फिल्ममा काम गरेकी छैनन् । जसले गर्दा ‘दर्पण छायाँ २’ नै उनको पहिलो र अन्तिम फिल्म त होइन भन्ने आशङ्का स्वभावतः जन्मिएको छ । गत ९ महिनाअघि अमेरिकामा खिचिएको एक म्यूजिक भिडियोमा दर्शकले उनलाई देख्न पाएका थिए ।
 
उनै, सहारा कार्की मंगलवार आफ्नो जन्मदिन मनाउँदैछिन् । परिवारसहित अमेरिकामा बस्दै आएकी उनलाई उनका प्रेमी फिरोज तिमल्सिनाले विशेष रुपमा ‘बर्थडे विस’ गरेका छन् । ‘यो एक सुरुवात हो, जन्मदिनको शुभकामना मेरो प्रेम’, उनले सहारासँगको एक रोमान्टिक तस्विर पोस्ट गर्दै फेसबुकमा लेखेका छन् । यो जोडीले फिल्म ‘दर्पण छायाँ २’ मा एकसाथ काम गरेको थियो । 
 

Most Visited News (monthly)