Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यी हुन् हलिउडका ५ सबैभन्दा धनी कलाकार

एजेन्सी, अमेरिका, 2021/08/16
उत्कृष्ट सिनेमेटोग्राफी र भिएफएक्सका कारण हलिउड फिल्मका प्रशंसक संसारभर छन् । हलिउड फिल्ममा कयौं यस्ता स्टारले देख्न पाइन्छ, जसले आफ्नो अभिनयले दर्शकको मन जितेका छन् । केही कलाकार फिल्मको निर्माता समेत बनिसके । जसबाट उनीहरुले ठूलो कमाई गर्ने गरेका छन् । आज हामी यो प्याकेजमा हलिउडका ५ सबैभन्दा धनी कलाकारको बारेमा चर्चा गर्दैछौं ।
 
 
जमी गर्ट्ज 
 
हलिउडकी सबैभन्दा धनी अभिनेत्री हुन्, जमी गर्ट्ज । उनी इन्टेलीजेन्ट इन्भेस्टर पनि हुन् । ‘ट्विस्टर, क्रस रोड्स, लेस देन जीरो’ जस्ता फिल्ममा काम गरिसकेकी उनको कूल नेटवर्थ करीब ३ बिलियन डलर छ । 
 
टम क्रूज
 
टम क्रूज हलिउडका दोस्रो सबैभन्दा बढी कलाकार हुन् । उनले केही फिल्म निर्माण पनि गरेका छन् । ‘मिशन इम्पोसिबल, एज अफ टूमारो, ओब्लिवियन, माइनोरिटी रिपोर्ट’ जस्ता फिल्मले सफलताको उचाइमा पुगेका उनको कूल नेटवर्थ ५ सय ७० मिलियन डलर छ । 
 
जोर्ग क्लूनी 
 
हलिउडका तेस्रो सबैभन्दा धनी कलाकार हुन्, जर्ज क्लूनी । उनी अभिनयमा जति सफल छन्, निर्देशनमा पनि उनले आफूलाई स्थापित गरिसकेका छन् । फिल्म जगतमा कयौं प्रतिष्ठित अवार्ड उनको नाममा छ । ‘ओसियन्स इलेवन, थ्री किंग्स’ जस्ता फिल्मबाट लोकप्रियता हासिल गरेका उनको कूल नेटवर्थ ५ सय मिलियन डलर छ । 
 
रोबर्ट डी नीरो
 
हलिउडका चौथो सबैभन्दा धनी कलाकारको सूचीमा छन्, रोबर्ट डी नीरो । आफ्नो अभिनय कलाबाट संसारभरका दर्शकको मन जितेका उनको कूल सम्पत्ति ५ सय मिलियन डलर छ । उनले दुईपटक अस्कार अवार्ड समेत जितिसकेका छन् । ‘ब्राजील, द अनटचेबल्स, हिट, कसीनो’ जस्ता फिल्ममा उनको उत्कृष्ट अभिनय देख्न सकिन्छ । 
 
मेल गिबसन
 
हलिउडका सबैभन्दा धनी कलाकारको पाँचौं नम्बरमा आउने नाम हो, मेल गिबसन । उनको कूल सम्पत्ति ४ सय २५ मिलियन डलर छ । उनी एक अभिनेता, निर्माता र निर्देशक हुन् । ‘द प्यासन अफ द क्राइस्ट, वी आर सोल्जर्स, ब्रेवहार्ट’ लगायतका फिल्म उनको करिअरकै उत्कृष्ट मानिन्छ । उनले सन् १९९५ मा गोल्डन ग्लोब अवार्ड पनि जितेका थिए । 
Most Visited News (monthly)